सरकारी काम कहिले जाला घाम भन्ने उखान सुनसरीको इनरुवामा रहेको मालपोत र नापी कार्यालयमा ठ्याक्कै मिल्छ । यो कार्यालयको हालत हेर्दा लाग्छ कुनै एउटा ब्यापारीको लथालिंग पसल जस्तो । कार्यालय समयमा भिडमभिड हुने यी दिई कार्यलय त्यही पुगेर हर्दा सरकारी कार्यालय हो भन्न समेत लाज लाग्छ ।

कार्यालय अगाडी पुग्न नपाई किन आउनु भएको ? के काम छ ? भन्दै तान्नै आउँनेको संख्या दर्जनौ छ । त्यहाँ दलाल र कर्मचारीहरुकै मनपरी तन्त्र चलीरहेकै छ । अधिकांस सरकारी कार्यालय सोर्स फोर्समा चल्ने गर्छ । सरकारी कार्यालयहरु मध्येका नापी र मालपात कार्यलयमा बैध र अबैध सबै काम हुदो रहेछ । जग्गा पास गर्ने जाने देखि कित्ताकाट गर्ने त्यहाँ पुग्नेहरुको कर्मचारीलाई घुस र लेखन्दासलाई नोट नदिई केहि नचल्दो रहेछ । अचम्म त के छ भने सामान्य भन्दा सामान्य काममा पनि पैसा नदिई कामै हुदैन रहेछ । हुन त यो कार्यालयको बेथिति सबैले देखेका होलान तर कोही बोलेनन् ।

साना तिना काममा आर्थिक चलखेल हुने यो कार्यहरुमा घुष र आर्थिक अनियमितता हुन्छ भन्ने सवैलाई प्रष्ट थाहा भएकै कुरा हो । त्यहाँको बेथित हर्दा लाग्छ सरकारी कार्यालय नामै मात्रको हो पैसा कमाउँने कार्यालय हो भन्दा फरक नपर्ला । सरकारी कार्यालय भएर हो वा व्यवस्थापनमा ध्यान नदिएर मालपोत र नापीका कार्यालय इटहरीका कोठाहरु लथालिगं अवस्थामा देखिन्छन् ।

यहाँका विभिन्न ठड्डाहरु जथाभावी अवस्थामा फालिएको देखिन्छ । निकै पुराना भएका यस्ता ठुल ठुला ढड्डाहरु यहाँ जथाभावी रुपमा राखिएको छ । सर्वसाधरणको अमुल्य सम्पतीको विवरण जस्ता महत्वपूर्ण कामहरु हुने यो कार्यलय कसले सुधार्ने सरकार ? जग्गा जमिन बेच्ने र किन्ने कार्यहरु गर्नका लागी दैनिक जसो ठुलो संख्यामा मानिसहरुको भिड लाग्छ ।

सर्वसाधरण मानिसहरु आफ्नो काम गर्नका लागी कार्यलय पुगे त्यहाँ आफ्नो आफै सम्पन्न गर्न गाहे छ गर्ने सक्दैनन् । जथाभावी रुपमा राखिएका ढड्डाहरु सजिलै नभेटिने, खोज्न गाह्रो हुने हुँदा सर्वसाधरणहरुले आफ्नो पुरानो फाइलहरु भेट्न मुस्किल पर्दछ ।आफ्ना पुराना खाताहरु खोज्न ढड्डाहरु राखिएको कोठामा सर्वसाधरणहरुको भिड नै लाग्ने गर्दछ ।

उनिहरु कोठाभित्रै पसेर खोज्ने गर्दछन् । खाता खोज्नेहरुको भिडनै लाग्ने गर्दछ यो ढड्डा भएको कोठामा अधिकांस दलालीहरु यहाँ हत्तार हत्तार गर्छन । यहाँका अधिकांस हाकीमहरु पनि सर्वसाधरणलाई भन्दा दलालीहरुलाई धेरै प्रथामिकता दिन्छन । त्यस्तै कारण यहाँ गएका अधिकांस सर्वसाधरण बाध्य भएर सर्वसाधरणहरु स्थानिय आफुलाई लेखापढि व्यवसायी भन्ने (दलाली)हरुसँग पैसा खुवाएर काम लिन बाध्य हुन्छन् । मानिसहरुको भिड, कर्मचारीहरुको वेवास्ता अनि आफ्नो पुरानो ढड्डा नभेटिने समस्याले हैरान बनेका सर्वसाधारणहरु आफैले गर्न सक्ने काम पनी अरुलाई नै काम लगाउन बाध्य हुन्छन ।

यहाँ भित्रको अधिकांस सर्वसाधरणको काम घुष सँग जोडिएको हुन्छ । पैसाको चलखेल ठुलो मात्रामा हुने यो कार्यलयको अवस्था भने दयनीय छ । कार्यालयमा पुग्ने अधिकांस कर्मचारीहरु काम सके पछि कार्यालयलाई गाली गदै फर्केने गर्छन । हुन त सावीक भन्दा बढि काम हुने सरकारी कार्यालयहरुमा सेवाग्राहीको भिड बढि नै हुन्छ । तर पनि उचित व्यवस्थापन गर्ने हो र सिस्टमेटिक तरिकाले काम गर्ने हो भने सेवाग्राहीलाई सहज तरिकाले सेवा दिन सकिन्छ ।

विभिन्न कामको लागी तयार गरिएका फाइल तथा ढड्डाहरु सुरक्षित तथा भेटिने गरी राखिएको हुदैन । जथाभावि राखिएका फाइलहरु अनि जो पनि आएर ढड्डा पल्टाउने संस्कारले समस्या जटिल बनेको देखिन्छ । सेवाका लागी आउने सेवाग्राहिका काम गर्ने विचौलियाले पुरानो फाइल खोज्ने झन्झटमा पर्दैन अनि पुरानो फाइल नभेटिएको भन्दै नयाँ फाइल खडा गरिदिन्छन् । अनि अर्को पटक आउँदा नयाँ तथा पुरानो दुवै फाइल भटिएर समस्यामा पनि फस्ने गर्दछन् सेवा ग्राहिहरु ढड्डा खोज्न कार्यालयका कर्मचारी नै हुनुपर्दैन ।

जो कोहि पनि गएर ढड्डा पल्टाउँछन् र अरु ढड्डाहरु पनि वेवस्थित बनाइदिन्छन् । कतिपय विचौलियको काम गर्ने यस्ता लेखापढि व्यवसायीहरु कार्यालयको हाता बाहिर पनि यस्तो ढड्डा ल्याएर काम गराउने गर्दछन् । यस्तो सम्म हुँदा पनि सोहि कोठामा बसेर काम गर्ने कर्मचारीलाई कुनै वास्ता हुदैन र गर्दैन् पनि । आखिर अरुको तनाव आफुले किन लिने ? भन्ने सोचाईका कारण यहाँ दलालीहरुको मनपरी तन्त्र रोकिएको छैन ।

यहाँका ढड्डा कोठामा मात्र होइन कि विचौलियकाको काम गर्ने डेरामा सम्म पुग्ने गर्दछन् तर कर्मचारीलाई कुनै वास्ता हुदैन । यस्तै कारणले ढड्डाहरु हराउने समस्या वढ्दो छ । सधै वेलुका भए पछि ती दलालीहरु सँग मिलेर पैसा वाढ्ने गर्छन त्यहाँका सवै कर्मचारीहरु । यसरी सर्वसाधरण वाट लुट मच्चाई रहेको कार्यालयमा सरकारी आँखा कहिले पुग्ला सरकार ? यसरी जनतालाई दुख दिएर कहिले सम्म लुट्ने ? किन हुदैन कार्यालयको निगरानी र अनुगमन ? किन देख्दैन जिल्ला प्रशासन यो कार्यलयको वेथिती ? किन बोल्दैन अख्तियार ? किन मौन छन जनता ? यस्ता जनता सँग प्रत्यक्ष जोडिएको सेवामा आम जनता समेत आफै सचेत भई आफ्नो काम आफै गर्ने बानी बसाले घुस खाने कर्मचारीहरुको मनोबल गिर्ने थियो कि ?