अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनयमा बनेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । केमडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलर निकै रमाइलो बनेको छ। ट्रेलरमा पैसाले उत्पन्न गर्ने घटनाहरूलाई रमाइलो तरिकामा देखाइएको छ । विशाल भण्डारीको निर्देशन रहेको चलचित्रमा केकीको अलावा ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, जेविका कार्की , प्रियंका कार्की, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।यस अघि कोहलपुर एक्सप्रेसमा समावेश भएको ‘सी..व डब्ल्लु ’ गीत हिट भइसकेको छ । चलचित्रमा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथारसंवाद र भद्र बहादुर शाहीरदेवीलाल नयौपाने (पण्डित)रशिव प्रसाद चौलागाईको लगानी रहेको छ ।