एजेन्सी/ बलिउडको सबैभन्दा हट जोडीमध्ये एक रणवीर सिंह र दीपिका पादुकोणको केहि तस्विरहरु सामाजिक संजालमा भाईरल भईरहेका छन् । उक्त  तस्विरहरुमा उनीहरु बिवाहको गेटअपमा देखिएका छन् ।

बिवाहको गेटअपमा सामाजिक संजालमा भाईरल भईरहेको उनीहरुको ति तस्विरहरु बिवाह अघि गरिने फोटोसुट भनिएको छ । खासमा केहिदिन अघि उनीहरुको बिवाह र इंगेजमेन्टको खबर बाहिरिएका थिए ।

रणवीरसँग दीपिका दुबैको आमाबुबाले बिबाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् । बिबाह मिटिङ दीपिकाको घर ‘प्रभादेवी’मा भएको थियो । मिटिङको समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए ।

दीपिका र रणवीरले बिदेशमा बिबाह गर्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबैको परिवारले इच्छा मुम्बईमा बिबाह समारोह राख्ने रहेको छ । समाचारमा उल्लेख भए अनुसार यी दुबैको बिबाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । बिबाह पछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् ।

भारतीय मिडियाका अुनसार उनीहरु चाँडै नै बिवाहबन्धमा बाँधिनेवाला छन् । दुवैको परिवारहरु बिवाहको तयारीमा लागेको अमरउजालको दावी छ ।