ग्रेडेड स्कूलमा ट्यालेन्ट हन्ट

अनिल श्रेष्ठ

विराटनगर/ विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कूलले आयोजना गरेको ग्रेडेड ट्यालेन्ट हन्ट प्रतियोगिता सम्पन्न भएको छ ।

स्कूल परिसरमा बुधबार एक कार्यक्रमको बिच ट्यालेन्ट हन्ट सम्पन्न गरेको हो ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको यस प्रतियोगिताको नृत्यको तर्फको प्रथम सुप्रिया अधिकारी घोषित भइन् । उनले ८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रथम भएकी हुन् । त्यस्तै द्धितीय प्राश्ना खड्का तथा तृतीय सुम्निमा आचार्य भइन् ।

त्यस्तै गायनतर्फको प्रथम भाग्यशाली पौडेल, द्धितीय सुप्रिया बस्नेत र तृतीय दिया फौदार घोषित भइन् ।

प्रतियोगिताको फाइनलमा नृत्यतर्फ ९ जना र गायनतर्फ ५ जना रहेको स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरुमा नृत्य निर्देशक समिक्षा कार्की, दिपेन्द्र श्रेष्ठ, गायक प्रवलदिप विश्वास, राजन राय रहेका थिए । उक्त प्रतियोगिताको कोरियाग्राफर मनोज राजवंशीले गरेका थिए ।

प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल सुवाल, भानु कला केन्द्रको अध्यक्ष माया खड्कालगायले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा स्कूलले अनुसाशित विद्यार्थी, बेस्ट मनिटर हुने विद्यार्थीहरुलाई समेत एवाड वितरण गरेको थियो ।

ताजा अपडेट