सुनसरी/ प्रदेश नम्बर एकको नाम के राख्ने भन्ने विषयमा वहष सुरु हुदा अधिकांस नागरीकले जातीयताको आधारमा नाम नराख्न प्रदेश सरकारलाई सुझाब दिएका छन । नामकरणको विषयलाई लिएर विवाद नगरी प्रदेशको नाम राख्न नागरीकको सुझाब छ ।

पछिल्लो समयमा किरात राज्य तथा लिम्वुवान राज्य माग गर्ने थालेको भन्दै नागरीकहरुले जातीयताको आधारमा नाम नराख्न सुझाब दिएका हुन् ।

जातियताको आधारमा प्रदेशको नामकरण नगर्ने एक नम्वर प्रदेशका वासीन्दाहरुले प्रदेश सरकारलाई सुझाब दिएका हुन । जातियताको आधारमा नाम राख्दा जातिय द्धन्द्ध बढ्न सक्ने भएका कारण जातियताको आधारमा नाम नराख्न प्रदेश एकका बुद्धिजिबि तथा नागरीक अगुवाहरुले सुझाब दिएका हुन । धरानका बाैद्धिक विश्लेषक डाक्टर भिम खतिवडाले जातियताको आधारमा नाम राख्नु भन्दा एक नम्वर प्रदेशको नाम सगरमाथा राख्दा उचित हुने सुझाब दिए । किरात प्रदेश पनि अस्वभाविक हैन तर सातै प्रदेशको नामकरणमा एक रुपताको खाचो छ उनले थपे । सगरमाथा भन्दा अरु विकल्प दखिएन उनले भने ।

धरानकी उर्मिला राईले पनि जातियताको आधारमा प्रदेशको नाम राख्न नहुने भन्दै सगरमाथा प्रदेश राख्दा राम्रो हुने तर्क गरीन । जातियता भन्दा पनि नामकरण गरेर विकाश र सबृद्धि गरी विरोजगार युवाहरु घटुन । प्रदेशको नामकरण जातियतामा विभाजित हुनु हुदैन उनको तर्क छ । इनरुवाका सक्रिय पत्रकार अजित कुमार झा भन्छन प्रदेशको नाम जातियताको आधारमा राखिनु हुदैन । जनताहरु विभाजित हुन सक्छन प्रदेश एकको नाम सगरमाथा या कोशी प्रदेश राख्नुहोस प्रदेश सरकारलाई सुझाब दिए ।

तरहराका अगुवा प्रदिप केसीले प्रदेश एकको नाम सगरमाथा भन्दा राम्रो अरु नभएको दावी गदै जातियताको आधारमा नाम राख्न नहुने वताए । इटहरीका पत्रकार कृष्ण भट्टराई जुनेली भन्छन प्रदेश एकको नाम विकल्प रहित सगरमाथा राखिनु पर्छ । पत्रकार लिलाराज भट्टराईको तर्क पनि सगरमाथा प्रदेश नाम राख्दा उचित हुने छ । दुहवीका स्थानीय पत्रकार आशिष यादव भन्छन् विश्वमा चिनिएको बर्वोच्च शिखर सगरमाथालाई एक नम्वर प्रदेशको नामकरण गरिनुको विकल्प नभएको वताउँछन । जातियताले द्धन्द्ध निम्त्याउँछ जातियता नाम नहोस उनले थपे ।

तरहरा वरगाछीका सन्देश भुजेलले पनि प्रदेश नम्वर एकको नाम सगरमाथा राखिनु पर्ने वताए । जातियता राख्दा सबैले आ आफ्नो नाम भनेर विवाद हुने भएको कारण निरविकल्प सगरमाथा उपयुक्त हुने उनल तर्क गरे । उनले भने जातियताको आधारमा नाम हैन सगरमाथा राखियोस् । इटहरीका युवा खेमपोमु लिम्वुले पनि जातियताको आधारमा प्रदेशको नामकरण गर्दा जातियद्धन्द हुन सक्ने भन्दै प्रदेशको नाम सगरमाथा राख्दा सबैलाई मान्य हुने प्रदेश सरकारलाई सुझाब दिएका छन ।