लन्डन/ विश्वका प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । ७६ वर्षको उमेरमा उनको निधन भएको हो ।

शरीरका केही भाग चल्न नसक्ने अवस्थामा उनी थिए । ‘ह्वील चेयर’ मा सीमित रहेर पनि उनले विज्ञानको क्षेत्रमा नयाँ खोज जारी राखेका थिए ।

उनले ‘ब्ल्याक होल’ र ‘बिग थ्यौरी’ बुझ्नका लागि अहम् भूमिका निर्वाह गरेका थिए ।

बेलायती वैज्ञानिक हकिङ्गले विज्ञानसँग सम्बन्धित कयौं पुस्तक लेखेका थिए । उनको निधन भएको परिवारले जनाएको हो ।

सन् १९६३ मा उनमा मोटर न्यूरोन रोग लागेको हो । उनले सार्वजनिक रुपमै भनेका थिए, ‘२१ वर्षको उमेरमा मलाई चिकित्सकले मोटर न्यूरोन रोग लागेको बताएका थिए । उनीहरुले मलाई दुई या तीन वर्षमात्र बाँच्न सक्ने पनि बताएका थिए ।’

तर उनी आफूमा रहेको सोही रोगका कारण एक सक्षम वैज्ञानिक बन्न सफल भएको बताउँथे । उनले भनेका थिए, ‘म स्वीकार गर्दछु कि, आफ्नो रोगकै कारण म वैज्ञानिक बन्न सकेँ, मेरो अक्षमताका कारण नै ब्रह्माण्डका बारे गरिएका शोधमाथि मैले सोच्न पाएँ । भौतिक शास्त्रमा गरिएका मेरा अध्ययनले नै यो प्रमाणित गरिदिएको छ कि विश्वमा कोही पनि विकलाङ्ग छैन ।’ (एजेन्सी)