बीबीसी/ तपाईँको मोबाइल फोनबाट निस्कने रेडिएशनबाट कति हानी हुन्छ ? के यी रेडिएशनबाट ट्यूमर हुने खतरा छ ? यसबाट कसरी बच्न सकिन्छ ? यी प्रश्नहरुमाथि वैज्ञानिक कयौं वर्षबाट अनुसनधान गरिरहेका छन् तर अहिलेसम्म उनीहरुले सही जवाफ पाउन सकेका छैनन् ।

तर दुई कुरा के स्पष्ट छ भने रेडियो फ्रिक्वेन्सी वेभ नन आओनाइजेशन रेडिएशन हुन । जो एक्स–रे र अल्ट्राभ्वायलेट रेडिएशनको तुलनामा कम शक्तिशाली हुन्छ । एक्स–रे र अल्ट्राभ्वायलेट रेडिएशन हाम्रो डीएनएमा रहेको ‘केमिकल बण्ड’लाई क्षति पुर्याउन सक्ने क्षमता राख्छन् ।

अमेरिकन क्यान्सर सोसाइटी यी रेडिएशनबाट दिमाग, टाउको र घाँटीको ट्यूमर हुन सक्छ कि सक्दैन भन्ने बारमा शोध गरिरहेको छ । सोसाइटीका अनुसार मोबाइल फोनबाट निस्कने रेडिशनमा हाम्रो डीएनएमा परिवर्तन गर्न सक्ने शक्ति नहुने भएकाले मोवाईलका रेडिएशनले क्यान्सर जस्ता बिरामी उत्पन्न गर्न सक्छ भन्ने निश्चित हुन सकेको छैन् ।

कुन फोनबाट बढी रेडिएशन उत्पन्न हुन्छ ?

जर्मन फेडरल अफिस फर डेटा प्रोटेक्शनले एक सूची तयार पारेको छ । जसमा कयौं नयाँ र पुराना स्मार्टफोनबाट निस्कने रेडिएशनको जानकारी दिइएको छ । सबैभन्दा बढी रेडिएशन उत्पन्न हुने मोवाइलहरुमा ‘वन प्लस’ ‘हूवावे’ र ‘नोकिया लूमिया’ सबैभन्दा माथि छन् ।

आईफोन–सेभेन १० औं, आईफोन–एट १२ औं र आईफोन–सेभेन प्लस १५ औं स्थानमा रहेको छ । सोनी एक्सपीपिया एक्स जेड कम्प्याक्ट (११) जेड टी ई एक्सन सेभेन मिनी (१३) ब्ल्याकबेरी डीटीईके ६० (१४) पनि सूचीमा समावेश छन् । मोबाइल रेडिएशनका बारेमा कतिसम्मको रेडिएशन सुरक्षित मान्न सकिन्छ भन्ने कुनै ‘गाइडलाईन’ नै छैन् ।

सबैभन्दा कम रेडिएशन भएका फोनमा सोनी एस्पीरिया एम ५ (०.१४) सबैभन्दा अगाडि छ । यसपछि सामसङ ग्यालेक्सी नोट ८ (०.१७), एस सिक्स एज प्लस (०.११) गूगल प्लस एकसेल (०.२५), र सामसङ ग्यालेक्सी एस ८ (०.२६) तथा एस ७ एज (०.२६) रहेका छन् ।

रेडियो फ्रिक्वेन्सीबाट कसरी बच्न सकिन्छ ?

रेडियो फ्रिक्वेन्सी सबैभन्दा बढी फोनको भित्र रहने एन्टेनामा हुन्छ । फोन आफुसँगै राख्दा नोक्सानको सम्भावना पनि उत्तिकै बढी रहन्छ । तर केही उपाय अपनाए यसको असरबाट केही मात्रामा बच्न सकिन्छ ।

बढी फ्रिक्वेन्सीबाट बच्ने तरीकाहरु

फोनलाई स्पीकर अथवा ह्याण्ड्स–फ्री मोडमा प्रयोग गरौं । फोन कलभन्दा बढी म्यासेजमार्फत कुराकानी गर्ने प्रयास गरौं ।