काठमाडौं/विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरमा नेपाली कप्तान पारस खड्का पनि अटाएका छन् । आयोजक अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले समूह चरणका ११ स्टारको नाम सार्वजनिक गरेको हो ।

जिम्बाब्बेमा लगातार तीन खेल हारेको नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हरायो । पारसले भने १८९ रन बनाए, जसमा दुई अर्धशतक पनि छ ।

उनले जिम्बाब्बेविरुद्ध ४०, स्कटल्याण्डविरुद्ध ७५ र अफगानिस्तानविरुद्ध ७५ रन बनाएका थिए । हङकङविरुद्ध भने उनले मात्र ११ रन बनाए ।

अनलाइनखबर