अमिताभ बच्चनको स्वास्थ्यमा समस्या आएको छ । यस बारे उनले आफ्नो व्लगबाट जानकारी दिएका छन् । शुरुमा स्वास्थ्य जाँचका लागि आफ्नो फिल्मको शुटिङ छोडेर राजस्थानबाट मुम्बई जान लागेको समाचारहरु सार्वजनिक भएका थिए । तर चिकित्सकहरुको एक टीम जोधपुर नै पुगेर अमिताभ बचनको स्वास्थ्य जाँच गर्नेछन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार डाक्टरहरुको टीम त्यस होटलमा प्रस्थान गरेको छ जहाँ अमिताभ बच्चन रहेका छन् । मेडिकल चेकअपपछि डाक्टरहरुको टीम मुम्बइ फर्कने छ । यतिबेला अमिताभ फिल्म ठग्स अफ हिन्दूस्तानको शूटिङका लागि राजस्थानको जोधपुरमा रहेका छन् । स्वास्थ्यमा समस्या आएपनि अमिताभवले शुटिङलाई भने नरोक्ने समाचारहरु सार्वजनिक भएको छ । जाँचपछि उनी शुटिङका लागि तयार हुने छन् । ठग्स अफ हिन्दुस्तानमा अमिताभ बच्चन आमिर खानसँग मुख्य भूमिकामा देखिने छन् । यशराज फिल्मस्को व्यानमा बन्न लागेको फिल्ममा अमिताभ पहिलो पटक आमिरसँग देखिन लागेका हुन् ।