काठमाडौं/ चर्चित अभिनेता अमिताभ बच्चन अस्वस्थ भएका छन् ।आफ्नो ब्लगमार्फत अमिताभले स्वास्थ्यमा समस्या आएका उल्लेख गरेका छन् ।

फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङ क्रममा अमिताभको स्वास्थ्यमा समस्या आएपछि सुटिङ स्थलमै चिकित्सककोटोली पुगेको बताइएको छ ।

अमिताभको स्वास्थ्य अवस्थामा सुधार आएमा उनी फेरि सुटिङ सेटमा फर्कनेछन्। अमिताभको चेकजाँचका लागि चिकित्सकको एक टोली मुम्बर्इबाट सुटिङ स्थल जोधपुर पुगिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।