झापा/ झापा बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले मंगलबार बिर्तामोड बजार बन्द गरिएको छ ।

२० फागुनदेखि सम्पर्कविहीन भएका मुखियाको अपहरणपछि हत्या भएको आशंका गरिएको छ । उनको शव इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा भेटिएको थियो ।

सुनचाँदी व्यवसायी संघ र बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा बजार बन्द गरिएको हो ।२० फागुनदेखि सम्पर्कविहीन भएका मुखियाको अपहरणपछि हत्या भएको आशंका गरिएको छ । उनको शव इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा भेटिएको थियो ।