पाँचथर/ एक युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–७, का २८ बर्षिय महेन्द्र पन्धाक रहेका छन् । करणी गरी फरार रहेका पन्धाकलाई फिदिम नगरपालिका–१४, लुङरुपा स्थित आफन्तको घरमा लुकिछिपि बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

पन्धाकमाथि जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धा अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए ।