मन्त्रालय पुगेको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ नेतृत्वको टोलीसँग मन्त्री पण्डितले वातावरण प्रदूषण न्यूनिकरण गरी स्वच्छ राख्न प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्ने बताएका हुन् ।

भेटमा वातावरणीय प्रदुषणलाई न्यून गर्न उच्च गुणस्तरीय डिजेललगायत पेट्रोलियम पदार्थ हुनपर्ने तथा सडक निर्माण उच्च गुणस्तरको हुनुपर्ने र २० वर्षभन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापन गर्नुपर्ने बिषयमा छलफल भएको थियो ।

उक्त अवसरमा मन्त्री पण्डितले वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका उच्च रहेको भन्दै सडकलाइ स्वच्छ राख्न सवै व्यवसायीहरुलाई सडकमा फोहर नफाली फोहर राख्ने वाल्टीनमा राख्न सन्देश सम्प्रेषण गर्नुपर्ने बताएका थिए ।

चेम्वरका अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभाववारे चर्चा गर्दै धुँवा धुलोका कारण काठमाडौमा पैदल यात्रा गर्न समेत कठिनाइ भएको र सडक किनारामा रहेका व्यवसाय र व्यवसायीहरुको अवस्था दयनीय भएको बताए । यसको दीर्घकालीन समस्या समाधान खोजिनु आवश्यक भएको उनले बताए ।