सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका-४ मानपुर बस्ने २३ बर्षिय सन्देश राई सोमबार कैची प्रहारबाट गम्भिर घाइते भएका छन्।

ईटहरी-१७ पकली चोकमा खाजा खाईरहेको अवस्थामा अपरिचित २ जना व्यक्तिले उनीमाथि कैची प्रहार गरेको स्थानियले बताए।

कैची प्रहारबाट पेटमा चोट लागेका राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टान धरानमा उपचार भइरहेको छ भने कैची प्रहार गर्ने दुवै जना फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।