काठमाडौं/ बलिउड स्टार सलमान खान नेपाल आउने नयाँ मिति तय भएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि स्थगित भएको उनको कार्यक्रम अब मे ५ लाई सरेको छ ।

दबंग द टुरु नाम दिइएको यो कार्यक्रम मे ५ का लागि पक्का भएको आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले जानकारी दिए । टुँडिखेलमा हुने कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने बताइएको छ । यसअघि गत फाल्गुन २६ गते आउने तयारी गरेका उनी सुरक्षको कारण देखाउँदै भ्रमण स्थागीत गरेका थिए ।