काठमाडौं/ नेपलामा पहिलो अन्तर्राष्ट्रिय जहाज दुर्घटना सन् १९५५ मा सिमरामा भएको थियो।

दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए। त्यसपछि सन् १९५६ र सन् १९५८ मा भारतीय एयरलाइन्सको दुई जहाज दुर्घटनामा परेका थिए। दुर्घटनामा ३४ जनाको ज्यान गएको थियो। यसपछि नेपालमा प्रत्येक वर्षजसो हवाई दुर्घटना हुने गरेका छन्। दुर्घटनामा अन्तरिक र अन्तर्राष्ट्रिय उठान भर्ने विमान परेका छन् । पछिल्लो समय आइतबार (सन् २०१८ मार्च १२ मा) त्रिभुवन विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ।

विमान दुर्घटनाको ६३ वर्षे इतिहासमा प्रत्येक वर्षजसो दुर्घटना भएकै छ। यस अवधिमा ६६८ जनाको ज्यान गएको छ।