सभ्यताको आधारमा किरात प्रदेश

शालिक शातासक राई

अहिले प्रदेश नम्बर एकलाई के नामकरण गर्ने भन्ने बहसमा गर्मागर्मी चलिरहेको छ । पहिचानका पाँच र सामथ्र्यका चार आधारमा राज्यको पुनःसंरचना गर्ने भनिए पनि मिश्रित अवधारणाबाट प्रदेश संरचना भइसकेको छ । यस्तो परिवेशमा अब प्रदेश नम्बर १ को नाम ‘किरात’ हुनुपर्छ । किरात राई यायोक्खाले २०६२ सालबाट किरात नामकरणको मुद्दा उठाइरहेको छ । किरात प्रदेश नामकरणबारे ऐतिहासिक आधारहरू यहाँ प्रस्तुत गरिएको छ ।

किरात नामकरणका आधारहरू :
१) सभ्यताको आधार :
नेपालमा सबैभन्दा पहिले व्यवस्थित शासन कायम गर्ने किरात शासनकाल थियो । प्राचीन नेपालको सिमाना गण्डकी प्रदेशदेखि पूर्वमा भारतको आसाम कामारुकसम्म थियो, उत्तरमा हिमालय र दक्षिणमा गङ्गापारि जलालगढसम्म रहेको थियो । अहिलेको नेपालभन्दा धेरै गुणा ठूलो थियो र किरात शासनको प्रभाव देखिन्थ्यो । किरातीहरूले ३२ पुस्तासम्म (जम्मा शासनावधि १९६३ वर्ष ८ महिना, नौलाख किराती) राज्य गरेको दिउँसोको घामजत्तिकै छर्लङ्ग छ । यो सम्पूर्ण किरात प्रदेश भनिन्थ्यो । वर्तमान समयमा पनि राजा यलम्बरको नामबाट पाटनलाई ‘यल’, भक्तपुरलाई ‘खोप’, कान्तिपुरलाई ‘युस’ भन्दछन् र काठमाडौँ उपत्यकालाई ‘यलाखोम’ भन्दछन् । राणाकालमा वल्लोकिरात, माझकिरात, पल्लोकिरात गरी प्रशासकीय केन्द्रहरू थिए । विभिन्न इतिहासकारका स्रोतअनुसार, किरातकालीन शासनको लगभग २००० वर्षको ऐतिहासिकता छ । किरात शब्दको उल्लेख सबैभन्दा पहिले प्राचीन ग्रन्थमा भएको हो । जस्तैः ऋग्वेद (ईपू.१५०० देखि ईपू १०००) मा समेत उल्लेख छ । किरात एउटा युग हो, सभ्यता हो । किरातकालीन युग र सभ्यतामा नै कृषियुगको विकास भयो । नारी र पुरुष बराबर हुन् भन्ने धारणा प्रारम्भ भएको देखिन्छ । यसमा राष्ट्रिय सभ्यताको विकास भएको छ ।
इतिहासको धेरै लामो कालखण्ड भएकोले भाषा, धर्म, संस्कृति, लिपि, संस्कार, प्रथा, परम्परा, प्रचलन आदि विकास भएको छ । यो विकास नै सभ्यतामा रूपान्तरण भयो । त्यसैले वल्लोकिरात, माझकिरात, पल्लोकिरात क्षेत्रमा जन्मेको एउटा ब्राह्मण् जातले ब्राह्मण हो, सभ्यताले किरात हो । यस अर्थमा ऊ ब्राह्मण र किराती हो । त्यसैगरी कुनै एउटा राई जातले राई वा जनजाति हो, ऊ सभ्यताले किराती हो । यस अर्थमा राई किरात हो । किरात पहिचान साझा भएर नै यसलाई सबैले आत्मसात् गरिसकेका छन् । नेपालमा जस्तै मित्रराष्ट्र भारतमा पनि सभ्यता छ । जस्तैः बङ्गाल, पञ्जाब, बिहार यी सबैले सभ्यता बोकेका छन् । नेपालमा पनि इतिहास बोकेका यिनै किरातीहरू अहिले उत्पीडित वर्गमा परेका छन् । सङ्घीयताको उठान नै सम्पूर्ण उत्पीडितहरूको उन्मुक्तिसँग जोडिएको हुँदा यस आधारमा यसको नाम किरात प्रदेश राख्नुपर्छ ।

२) ऐतिहासिक आधार :
अहिले हामी प्रदेश नामकरणको ऐतिहासिक घडीमा आएका छौँ । यो नितान्त प्राविधिक विषय हो तथापि यसले कस्तो चरित्रको राज्यसत्ता स्थापना गर्ने भन्ने सङ्केत गर्दछ । यसकारण यो महŒवपूर्ण पक्ष पनि हो । जहाँ जुन जातिको ऐतिहासिक पृष्ठभूमि सबल देखिन्छ, त्यहाँ त्यसैको आधारमा नामकरण गर्नु वस्तुवादी हुन्छ । त्यसैले प्रदेश नं. १ लाई ‘किरात’ नामकरण गर्नुपर्छ । नेपालको इतिहासमा प्राचीनकाल एक महŒवपूर्ण काल हो । किराती हाङ यलम्बरले गोपालवंशी तथा महिषपालवंशी शासकहरूलाई परास्त गरेपछि किरात युगको आरम्भ हुन्छ । यसलाई प्राथमिकतामा राख्दा यसको नाम किरात प्रदेश राख्नुपर्छ । त्यसैगरी अन्य प्रदेशलाई पनि मिथिला, नेवा, ताम्सालिङ, तमूवान, थारू, मगरात र खस प्रदेश नामकरण गर्न सकिन्छ ।

३) साझा पहिचान :
पहिचान अहिले ढुङ्गामाटो, बोटबिरुवा, हिमाल–पहाड, खोलानाला आदिले मागेका छैनन् तर यहाँ फेरि पनि भौगोलिक आधारमा प्रदेशको नामकरण गर्नु न्यायिक हुँदैन । हिजो भूगोललाई नै पहिचान गरेर कोशी, सगरमाथा, मेची, नारायणी नाम राखिएका हुन्, तर सबै असफल भयो । पहिचान अहिले आदिवासी भूमिपुत्र सन्तानहरूले मागेका छन् । साझा पहिचान किरात हुनसक्छ । किरातको अर्थ जातजाति हो भन्ने सङ्कीर्ण बुझाइ पनि छ । यो सत्य होइन । वास्तवमा किरात शब्दको अर्थ भूगोल हो । तत्कालीन वल्लोकिरात, माझकिरात र पल्लोकिरात । अहिले यस क्षेत्रमा भएका प्रसिद्ध गढीहरू चौदण्डी, हतुवा, साँगुरी, विजयपुर, मझुवा, लिलिमा, केपिलास, चिनागढी आदि । किरात युग अथवा सभ्यता हो र यसको २००० वर्ष लामो सभ्यताको विकास भएको छ । यसमा राष्ट्रिय सभ्यताको विकास भएको छ । यसको विकास हुँदै जाने क्रममा भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा, मूल्य, मान्यता, रीतिरिवाज, प्रथा आदि धेरै कुराको विकास भयो । त्यसैमा साझा सभ्यताको विकास हुन पुग्यो । किरात नेपालको प्राचीन इतिहास हो । यसलाई समीक्षा गर्दै प्रदेशको नाम किरात राख्नुपर्छ ।

४) जनसाङ्ख्यिक आधार :
किरात प्रदेश नामकरणको अर्को आधार जनसङ्ख्या हो । विशेष गरेर सम्बन्धित प्रदेशअन्तर्गत सबैभन्दा बढी जनसङ्ख्या भएका उत्पीडित जातिहरूको आधारमा नाम राख्नु वस्तुसंगत र न्यायिक देखिन्छ । यसमा पिछडिएको उत्पीडनमा आधारित जातीय बाहुल्यतालाई प्राथमिकतामा राख्नुपर्छ । अर्थात् विशेषतः यो उत्पीडित जातीय बाहुल्यतामा आधारित हुनुपर्दछ किनभने सङ्घीयता भनेकै उत्पीडितहरूलाई न्याय र समानताको आधार तयार सङ्क्रमणकालीन राज्यरूप हो । ऐतिहासिक पृष्ठभूमि र बहुसङ्ख्यक उत्पीडित जातीय जनसङ्ख्याको आधारमा अन्तर्वस्तु सारतः एउटै हुन्छ । अर्थात् उत्पीडित जातीय पृष्ठभूमिमा नाम राख्नु भनेको उत्पीडित मैत्री शासन व्यवस्थाको पूर्वसङ्केत पनि हो । त्यसैले १ नम्बर प्रदेशमा रहेका अधिकांश जनताको तथ्यलाई लिँदा न्यायिक हुन्छ । २०६८ सालको जनगणनाअनुसार प्रदेश १ मा राईहरू कुल जनसङ्ख्याको ५७.३४ प्रतिशत, लिम्बूहरू ३२.४४ प्रतिशत, सुनवार कोइच ८.६१ प्रतिशत, याक्खा १.५३ प्रतिशत जम्मा जनसङ्ख्या लगभग १३ लाख छ । यसकारण सबैभन्दा वैज्ञानिक तथ्य प्रदेश नम्बर १ को नामकरण किरात हुनुपर्छ । यसको अर्थ अन्य समुदायलाई पनि सम्मान गर्दै जातीय सद्भाव अझ बढी प्रगाढ बनाई अस्तित्व कायम राख्नुपर्छ । यसको उदाहरणको रूपमा मित्रराष्ट्र भारतमा पनि वेस्ट बङ्गाल, पञ्जाब र बिहार जस्ता जातीय पहिचानमा प्रदेशहरूको नामकरण भएको छ ।

५) भाषिक तथा सांस्कृतिक आधार :

कुनै पनि भाषा, संस्कृति सम्बन्धित समुदायको पेवा वा स्थान र समुदायमा मात्र निहित हुँदैन । यो विश्वकै अमूल्य सम्पदा हो । जस्तैः हामीले प्रयोग गर्ने अङ्ग्रेजी भाषा ‘रोम’ सभ्यताबाट आएको हो र यसलाई रोमन लिपिमा लेखिन्छ । त्यसैगरी देवनागरी लिपि भारतको देवनगरबाट नवौँ शताब्दीमा विकास भएर आएको हो । त्यसैले किरात एउटा भाषिक आधार पनि हो । जस्तैः यसको संरचना यस्तो छ : भोट–चिनिया, भोट–बमेर्ली, हिमाली–किराती भाषा समूहमा पर्दछ । किराती भाषा समूह नेपालमा बोलिने भाषिक समूह हो र प्रायःले किराती भाषा बोल्छन्, बुझ्छन् । हामीले आयातीत भाषा, लिपि त प्रयोग गरेका छौँ भने यहीँको पहिचानसँग जोडिएको भाषा विषयलाई किन प्रयोग नगर्ने ? यसो भएको हुँदा यस प्रदेशको नाम किरात राख्नुपर्छ । हामीले पश्चिमा संस्कृतिहरूलाई मान्छौँ उदाहरणका लागि जन्मदिन, प्रेमदिवस आदि । हाम्रो संस्कृतिसँग जोडिएको संस्कृतिलाई साझा बनाउनुपर्छ । तराईको होली अहिले साझा संस्कृति बन्दैछ । त्यसैगरी किरात संस्कृतिक हो । यसलाई सङ्कीर्ण अर्थमा जातजाति भन्ने अर्थमा मात्र बुभ्mने गरिन्छ । हजारौँ वर्ष पार गरेको संस्कृति हो । कुलदेवता, देउराली, खोलानाला, उधौली र उभौलीजस्ता संस्कृतिहरू यहाँको जीवन दर्शन हो । संस्कृति, मनोविज्ञान र प्रतीक हो जसलाई सबैले आत्मसात् गरेका छन् । जय किरात

ताजा अपडेट