विराटनगर/ कृषिजन्य बस्तु उत्पादनमा उर्बराभूमि रहेको मुलकुमा आगमी आर्थिक वर्षको बजेटले कृषिमा प्रयाप्त मात्रमा बजेट बिनायोजन गनुपर्ने विज्ञहरुले सरकारलाई सुझाब दिएका छन् ।

विराटनगरमा आइतबार नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले आर्थिक वर्ष २०७५÷०७६ को पूर्व बजेट सम्बन्धी छलफल कार्यक्रमममा बोल्दै विज्ञहरुले यस्तो सुझाब दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रध्यापक डा. प्रोमदकुमार झाले आम निमुखा जनतालाई प्रत्यक्ष राहतको अनुमति हुने खालको बजेट ल्याउनुपर्ने बताए । ‘तीन तहको सरकारका बनेर अहिले संघीयता कार्यन्वयनको चरणमा छ,’ उनले भने, ‘आगमी आर्थिक वर्षमा आउने बजेट जनताको मन छुने खालको बजेट ल्याउनुपर्दछ ।’ प्रदेश नम्बर १ समृद्धले भरिपूर्ण भएको प्रदेश भएको बताउँदै उनले कृषि, टुरिजमको क्षेत्रमा सरकारले प्रयाप्त मात्रमा बजेट बिनायोजन गर्नुपर्ने सुझाब दिए । जसले गर्दा विकासको क्षेत्रमा चाँडै फड्को मार्ने उनको भनाई थियो ।

‘विकासको प्रस्थान विन्दु भनेकै कृषि हो,’ उनले भने, ‘सरकारले पहिलो प्राथामिकता कृषिमा दिनुपर्दछ । सरकारा राजस्व मुखी बन्यो । राजस्वको विषयमा सरकारकाले गहन अध्ययन गरेर मात्र यसको निर्धारण गर्नुपर्दछ ।’ रेमिटेन्सको उचित व्यवस्थापन गर्दै भू–उपयोगी निती ल्याउनुपर्ने बताए ।

मोरङ व्यापार संघको अध्यक्ष पवनकुमार सारडाले राज्यले उद्योग, व्यवसायीहरुको लागि लगानीमैत्री निती ल्याउन नसक्दा सुनसरी, मोरङ करिडोरका उद्योगहरु पलायन हुने अवस्था सृजना भएको बताए । सरकार राजस्वमुखी मात्र भएको भन्दै उनले आगमी बजेटले कृषि, उद्योग र विकासलाई प्राथामिकता दिएर बजेट ल्याउनुपर्ने बताए । ‘राज्यले उद्योग स्थापनाको लागि व्यवसायीहरुलाई लगानीमैत्री वातवरणको सृजना गनुप¥यो,’ उनले भने, ‘उद्योग सञ्चालनको लागि सौलेत ब्याजदरमा ऋण दिने व्यवस्था गनु¥यो ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले करको दायारालाई फराकिलो पार्दै पूर्वाधार विकास गर्ने योजनामा बजेट ल्याउनुपर्ने बताए । विराटनगरदेखी किमाथानका जोडने सडक निमार्णमा राज्यले विशेष प्राथामिकता दिएर बजेट बिनायोजन गर्नुपर्ने उनले बताए । नेरुडे लघुवित्तका भाग नारयण साहले हुलाकी राजमार्ग, कृषि सडकदेखी सिचाईमा बजेट बिनायोजन गर्नुपर्ने बताए । कृषकले लगाएको बालीको बिमा गर्न नसक्दा कृषि पेशा संटकमा परेको भन्दै राज्यले कृषकको लागि बजेटले समेटिनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका निर्देशक डा. कुमार श्रेष्ठले कार्यक्रममा सहभागि भएकाहरुले दिएको राय, सुझाबलाई मनन गर्दै आगामी बजेटमा समेटने बताए ।

पूर्व बजेट विषयमा छलफलमा सहभागिहरु ।