शुत्रबार तराईमा नेपालीहरुको पर्व होली धुमधामको साथ मनाईयो । त्यसमा पनि युवा युवतीहरुले धमकाका साथ मनाए । केहि वर्ष अगाडी सम्म तराईका बुढापाका देखि तन्नेरीहरुमाझ ‘जोगिरा सररर’ निकै लोकप्रिय थियो तर अहिले होली हिन्दी गित सँगै डिस्कोमा सुरु भएको छ । समय र युग परिवर्तनसँगै होलीका गीतमा नयाँपन पाउन स्वभाविक हो तर सस्कृतिनै विचलित हुने गरी रिमिक्स र रकतर्फ मोडिनु भने धेरै नै परिवर्तन हुन थालेका अनुमान सहज गर्ने सकिन्छ ।

होलीका अवसरमा आयोजना हुने कार्यक्रम तथा कन्सर्टहरुमा रिमिक्सले स्थान पाउन थालेको छ । त्यहाँ छोटा कपडामा डिस्को हुन्छन त्यहाँ युवाहरु झुमिन थालेको देख्दा अहिले होली ,होली हैन गाजा भाङ,धतुरो खाएर अगं प्रर्दशन गर्ने दिन जस्तो बनेको छ भन्दा फरक पदैन होला । हुन पनि हो ‘युवाहरुको चाहान भनेको रक र रिमिक्स तर्फ छ, अब पुराना भाका खोजेर कहाँ हुन्छ र ? तर समाजमै आपाच्य डिस्कोले आज हाम्रो समाज कहाँ पुराउँदै छ त्यो भने अहिलेको पिडिले पनि सोच्ने बेला आएको छ ।

होलीमा केटाहरुलाई केटी र केटीहरुलाई केटा भेटेर रोमान्स गर्ने सजिलो दिन समेत हुदो रहेछ । मादक पदार्थ खानेहरुमा अहिले युवा भन्दा पनि युवतीहरुको संख्या बढ्न थालेको देखियो । हिजोआज गीतका शब्दमा अश्लिलता र छाडापन पाउन थालिएको छ । पौराणिक होली गीतहरुमा ग्रामीण परिवेश, सीता र राम, शिव पार्वती साथै प्रेमलापमा केन्द्रित भएर गाउने गरिन्थ्यो तर अहिले ति होलीका गितहरु लोप भएका छन ।

सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको प्रष्ट छ ।

सम्पूर्ण नेपाली जनमा हर्षोउल्लास साथ रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाउने होलीले एउटा गुनासो प्रत्येक वर्षको होलीले छोडेर जान्छ । होली हामी नेपालीको उत्सव हो तर होलीको नाममा पनि हिमाल, पहाड, तराईमा विभाजन गरिएको छ, छुट्टाछुट्टै दिन मनाउने भनेर । यसले गर्दा एउटै देशमा रहेका नेपालीहरुमा टाढा रहेको अनुभूति दिलाउछ । होली पर्वलाई जथाभावी लोला हान्ने, कालोमोसो दल्ने, रंग छ्यापी दिने र नशालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रूपमा पनि यसलाई प्रयोग गर्ने जमातहरू बढ्दै गएको छ, जुन हामीले गएको वर्षहरूमा देखेका छौं । यसवर्ष पनि देखियो ।

सबैजसो पर्वका राम्रा सन्देश र उद्देश्यहरू रहेका हुन्छन् । तर, समाजमा हामीले नै यसलाई विकृत बनाउने काम गरिरहेका छौं । होलीको सन्दर्भमा पनि यदि हामीले यसमा बढ्दै गएका विकृतिहरू रोक्ने सन्दर्भमा ध्यान दिएनौं भने यसको नकारात्मक दुषपरिणाम हामी सबैले भोग्नुपर्ने हुन्छ । कतिलाई होली रमाईलो गर्ने माध्ययम बनेको छ, त कतिलाई आफ्ना आफन्त र परिवारले रमाईलो गर्दा गर्दै निम्त्याएका नराम्रा घटनाको स्मरण गर्ने दिन बनेको छ । अहिले होली पर्वमा संस्कृति जोगाउँने भन्दा पनि विसंङ्गती धेरै भईरहेको प्रत्येक वर्षको होली पर्वले प्रष्ट हुन्छ । वजारमा साथीभाईहरु सँग मिलेर मनाईने रङको पर्वमा अण्डाहरु समेत साथीभाईलाई हान्ने गरिन्छ । महिलालाई लक्षित गरेर लोला हान्ने प्रवृति लैङगिक हिंसाअन्तर्गतको सांस्कृतिक हिंसामा पर्छ । ग्रुपमा हिड्ने ,युवतीलाई जिस्काउने,नराम्रो शब्द प्रयोग गदै वाटोघाटोमा चुरोट,भाग खादै हिड्ने स्वास्थ्यको दृष्टिकोणले पनि हानिकारक मानिने पदार्थ अनुहार तथा शरीरमा हालिदिने युवा पुस्तामा वढि देखिन्छ ।

युगौ“देखि मनाइँदै आएको फागुपर्वलाई उमेर, लिङग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङगी विरङगी रङग एकापसमा लगाएर वातावरणलाई नै रङगमय बनाई मनाउने पर्वको रुपमा लिईने पर्व अहिले विकृतीमय हुदैछ । यसलाई रोक्ने प्रयास कस्ले गर्ने ? यस विषयमा युवापुस्ताहरुले नै सोच्नु जरुरी छ । जबरजस्ती रंग लगाईदिने, फोहोर पानी भरिएको पिचकारी र लोला हान्ने जस्ता क्रियाकलापले गर्दा होली पर्व अव्यवस्थित र अभद्र हुदै गएको पाईन्छ । यो विषयमा प्रहरी प्रशासनले कडाई गर्ने जरुरी देखिन्छ ।

पछिल्लो समयमा विभिन्न खाले रंग, गाडीको तेलको कालो, अलकत्रा, कुहिएको अण्डा, तरकारी, फोहोर पानी जस्ता मानिसको छाला र स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने तरिकाले होली विकसित भैरहेको देखियो । जवरजस्ती रंग दल्ने, फोहोर पानी छयाप्ने, लोला हान्ने गर्नाले यो पर्वलाई विकृति रोक्नको साथै भांग, धतुरो, गाँजा खाएर जथाभावी वोल्दै हिड्नु राम्रो हो ? हातमा वियरको वोतल बोेकेर नाच्दामात्र होली आएको हुन्छ र ? होली गाजा भाङ,धतुरो नखाई पनि खेल्न सकिन्छ तर पछिल्लो समयमा युवापुस्ताले होली भनेकै मापासे गर्ने नाच्ने सडकमा हो हल्ला गदै मनपरी बोल्दै हिड्ने हो भन्ने ठानेको देखियो । त्यसो गर्ने हुदैन भन्ने चाही सन्देश कसले देला सरकार ?