बुलबुलको संवेगसँगै

भूपेन्द्र तिम्सिना

यदि तिमी मेरो निम्ति खास भइदिए ।

तिम्ले मैले फेर्ने एकै सास भइदिए ।

प्रेममा सवैलाई यस्तै लाग्छ । दमक क्याम्सकी छात्रा आस्था निरौलाको साहित्यिक अभिव्यक्ति मध्येको गजलको उठान शेर हो यो । आफुले सोचेको पुरा भए ज्यादै खुसी भई त्यही नै ठूलो उपलब्धि ठान्ने हाम्रो मन । तर सवै चाहना पुरा हुन नसकिरहेको देखिन्छ । सायद असिमित चाहना भएर पनि हुन सक्छ । अनि कर्म गरेर भन्दा पनि भाकल गरेर कल्पनामा रमाउन खोज्ने वानीले पनि हाम्रो समाजमा घर गरिरहेको छ । तर आफुसँग जे सम्भावना छ, जे प्रतिभा छ त्यसलाई परिस्कृत गर्दै निरन्तर त्यही क्षेत्रमा लागिरहने हो भनें मानिस असफल नहुने कुराको एउटा उदाहरण थिए कार्यक्रमका नायक । ०७४ फागुन ९ गते सीधा रचना वाचन नामक संस्थाले जुटाएको कार्यक्रमको जमघटका नायक थिए सुमधुर गलाका धनि कार्यक्रम प्रस्तोता अच्यूत घिमिरे ‘वुलवुल’ ।

उनी रेडियोका कुशल प्रस्तोता । ०५६ देखि काठमाडौं नजिक भक्तपुरमा एचवीसी रेडियोमा कथा उपन्यास वाचनको ‘श्रुती संवेग’ कार्यक्रमबाट रेडियो यात्रा थाले । गजलको कार्यक्रम ‘वुलवुल’ त्यही रेडियोमा ०५८ वैशाखबाट सुरु गरेपछि उनको आयतन झन बढ्यो । नेपाली गजल लेखनको पछिल्लो जागृतिको भर्खर भर्खर वढ्दो अभियानका बेला यिनले अरुका गजल सुमधुर स्वरमा वाचन गरेर आफ्नो स्वरको परीक्षण मात्र गराएनन् आफ्नो दर्विलो पहिचान वनाउन पाए । मैले पनि उनीसँग ‘वुलवुल’मा भलाकुसारी गर्दै गजल प्रस्तुत गर्न पाएको थिएँ । अर्थात घनेन्द्र ओझा, घनश्याम पथिक सहितका हामी ‘वुलवुल’ कार्यक्रममा पुग्यौं र त्यसबाट प्रभावित थियौं । तर त्यसपछि उनीसँग भेट हुन नपाएको अवस्था १३ वर्ष भएको रहेछ । घनश्याम, म सहित आयोजक वनेर उनै ‘वुलवुल’लाई पूर्वको ‘वुलवुल’ यात्राको एउटा विन्दु दमकमा पनि वनायौं । विदेशी एक प्रकारको चराको सुमधुर आवाजको प्रतितका रुपमा ‘वुलवुल’ जुराइएकोे हो ।

०६३ मा एचवीसी वन्द भएपछि ०६५ देखि उज्यालो नेटवर्कमा आवद्ध भएर ‘वुलवुल’ र ‘श्रुती संवेग’का साथ उनी संसारभर सुनिएका छन् । उनले त्यहीँ थपे ‘एकल कविता वाचन’ पनि । ‘वुलवुल’ ९० भन्दा वढी, ‘श्रुती संवेग’ ७० भन्दा बढी र ‘एकल कविता वाचन’ ४० भन्दा बढी रेडियोबाट प्रशारण हुन्छ । अरु बेला कम वोल्ने शालीन स्वभावका उनी रेडियोमा खुलेर उस्तै शालीनताका साथ गज्जवले बोल्छन् । रेडियोका सेलिव्रेटीका यी तीनै कार्यक्रमका श्रोताका रुपमा १ सयको हाराहारीमा दमक क्याम्पसका साहित्यानुरागी विद्यार्थी र सर्जकहरु उनलाई प्रत्यक्ष सुनिरहेका थियौं । उनले भन्दै थिए, ‘म गजल लेख्न जान्दिन, अरु साहित्य पनि लेखेको छैन । तर अरुकै रचना वाचन गरेर चिनिन पाउँदा पनि खुसी लागिरहेको छ । यत्तिको यो स्वरले मात्रै मलाई सृजनशिलताको माहौलमा लगभग चिनाएको छ ।’ उनले मुग्ध पार्दै आफ्ना कुरा र वुलवुल पब्लिकेशनको पूर्व यात्राको कुरा सुनाए ।

पछि पछि केही गजल लेख्न थालेका उनले आफ्नो एउटा गजल पनि प्रस्तुत गरे । अनि कथा वाचनका रुपमा नीलम कार्की निहारिकाको ‘हवल’ संग्रहको ‘जन्मिन नपाएका नानीहरु’ शिर्षकको भावुक कथा वाचन गरेर माहौल भावुक वनाए । गर्भपतनका कारण रुन पनि नपाइ मारिएका शिशुहरुको आत्मकथा थियो त्यो । लाग्थ्यो अच्यूत प्रस्तोता वन्न नै जन्मिएका हुन् । उनको वाचनमा हरेक सृजना जीवन्त भएर जुरुक्क उठ्छन् । आफुले रेडियोबाट फलाकेपनि पाठकहरुले पुस्तक पढ्ने कुराको खासै विकास नभएको ठहर गरेर पठन संस्कृतिको विकासमा केही गर्ने उनमा हुटहुटी वढेछ । पब्लिकेशन नै खडा गरेर हालसम्म १४ वटा पुस्तक प्रकाशित गरिसकेको अवस्था रहेछ । त्यही पब्लिकेशनको अभियान अन्तर्गत पोहोर पश्चिमतिरका जिल्ला पुगेछन् । यसपाली फागुन ७ गते नारायणगढ, ८ गते इटहरी हुँदै ९ गते दमक । १० गते विर्तामोड र ११ गते सर्लाहीको यात्रा पुरा गरे । साथमा थिए पब्लिकेशनका अध्यक्ष नामले पुरुष जस्तो लाग्ने सृजनाका पारखी युवती ध्रुव केशी, अनि साथीहरु । वर्षको ३ हजार रुपैयाँमा ग्राहक वनाएर घरमै पब्लिकेशनका सवै पुस्तक पठाइदिने काम पनि थालेका रहेछन् । पुस्तक पसलेहरुलाई अरुखाले पुस्तक राखेको ठाउँमा साहित्यका पुस्तक पनि राखिदिनु भनेर दवावको शैलीमा समेत अघि सार्दै आउँदा पुस्तक केही विक्न थालेको दृष्टान्त सुनाए ।

आनन्दित कार्यक्रम वन्यो । फरक स्वाद महसुस भयो । भर्खर भर्खर लेख्दै गरेका क्याम्पसका विद्यार्थी पनि ‘वुलवुल’बाट झन उत्प्रेरित वने । गजलमा चिनिएका लोकेन्द्र वञ्जारा, युवराज काफ्ले इवान, कल्पना आचार्य ओली, तीलाश्री तिम्सिना, सानो दिलसँगै मदन चौहान, तिलचन्द्र अधिकारी, सञ्जु निरौला, देविका अधिकारी, रोशन कार्की, मौसम राई, हेमन्त उप्रेती, गौरव मिश्र, मदन सापकोटा, अनिस ओझा, योगेश उप्रेती, विपिन कोइराला, दीपक आचार्य सहित गजल र कवितामा जुर्मुराए । उनीहरुले आफ्नो खास पहिचान वनाउने सन्देश पाए । ‘वुलवुल’ को जस्तै स्वर भइदिए भन्ने लाग्यो अनि सास एकै भए हुन्थ्यो भन्ने पनि अनुभूति गरे होलान् । सास एकै हुँदाको आनन्दित अनुभूतिसँग जोडेर स्थापित कवि एवम् गजलकार नविन प्राचिन छोटो कवितामा प्रेमिल सिर्जनालाई प्रेमिकाको प्रतिक मान्दै त्यसको ठूलो महत्व यसरी दर्शाउँदै थिए, ः

थाहा छ तिमीलाई

म कति अल्छि छु तिमी बिना ?

जाने भयौ भनें

सँगै लिएर जानु मैले फेर्ने सास पनि

तिमी नहुँदा त मलाई

सास फेर्ने जा

ताजा अपडेट