झापा । नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतनिधि सभा सदस्य कृष्णप्रसाद सिटौलाले विहान ८ बजेर १० मीनेटमा मतदान गरेका छन् । क्षेत्र नम्बर १ मा रहेको कलवलगुरी आधारभुत बिद्यालय मतदान स्थलको ख केन्द्रवाट क्रम संख्या ४०१ वाट मतदान गरेका हुन । श्रीमती कविता सगै सुरक्षा दलवल सहित पुगेका सिटौलाले ५ मीनेट समय लगाएका थिए । मतदानपछि पत्रकारसँग कुरा गर्दै आफनो पक्षमा परिणाम आउने जनाएका छन । म भन्दा पनि फैसला गने मतदाता भएकोले उहाहरुकै हातमा रहेको उल्लेख गरे ।

संविधान कार्यान्वयनको लागी यो निर्वाचन महत्वपुर्ण रहेकोले सवै मिलेर राष्ट निर्माण गरि गणतन्त्रको संस्थागत गर्नु आजको आवश्यत्ता रहेको जनाए । सिटौला ३ क्षेत्रवाट उम्मेदवारी दिएका छन् । उनको मतदाता नामवली भने क्षेत्र नम्बर १ मा रहेको छ । उनले मतदान गरेको स्थलमा तीनवटा केन्द्र गरि २ हजार ९ सय ८९ मतदाता रहेका छन् ।