ताप्लेजुङ/प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नजिकिरहेको समयमा ताप्लेजुङमा राप्रपा र संघिय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष सहितका पदाधिकारीले एकैपटिक पाटिबाट राजिनामा दिएका छन् ।

बुधबार संघिय लिम्बुवन मञ्चका जिल्ला अध्यक्ष किर्तिमान मादेनको निवासमा पत्रकार सम्मेलन गर्दै मञ्चका जिल्ला अध्यक्ष किर्तिमान मादेन र केन्द्रिय सचिवालय सदस्य होम तुम्बाहाम्फे सहितका पाँच जना र राप्रपाका जिल्ला अध्यक्ष चन्द्र मादेन सहितका ११ जनाले संयुक्त रुपमा पाटिबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

देशमा बाम एकता र प्रजातान्त्रिक शक्ति बिच एकता भईरहेको समयमा पहिचान र संघियताको मुद्धा बोकेका शक्तिहरुको पनि एकता आवस्यक रहेको र सो शक्ति निर्माण गर्नका लागि पाटिबाट राजिनामा दिएको लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष किर्तिमान मादेनले बताए ।

उनले अहिले आफु सहित पाटिका केन्द्रिय सचिवालय सदस्य होम ताुम्बाहाम्फे, केन्द्रिय सदस्य नेत्र खतिवडा, जिल्ला सचिव विष्णु शेखर तुम्बाहाम्फे र संघिय लिम्बुवान शिक्षक परिषदका केन्द्रिय उपाध्यक्ष होमनाथ दाहालले राजिनामा दिएको र अब पहिचान र संघियताको मुद्धा बोकेका पाटि बिच एकिकरण गर्ने वा नगर्ने भन्ने विषयमा भने छलफल गर्न बाँकिनै रहेको बताए ।

लिम्बुवान मञ्च र राप्रपाले संयुक्त गरेको सोहि पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका जिल्ला अध्यक्ष चन्द्र मादेनले बाम र प्रजातान्त्रिक दल विच एकता भईरहेकाले आफुहरुले पनि यसै समयमा गलत प्रविति बोकेको राप्रपा पाटिबाट राजिनामा दिएर व्याक्तिको स्वार्थ बोकेको पाटि भन्दा फरक शक्ति निर्माण नगरे भविश्य सुरक्षित नरहने भएकाले आफु सहित जिल्ला कमिटिका ११ जनाले सामुहिक राजिनामा दिएको बताए ।

राप्रपा जिल्ला अध्यक्ष चन्द्र मादेन सहित राप्रपाका प्रबक्ता युगराज गुरुङ, जिल्ला उपाध्यक्ष राजेन्द्र थापा, जिल्ला कमिटिका नविन माबोहाङ, लोकेन्द्र तुम्बाहाम्फे, प्रदिप मादेन, मकरध्वज लिम्बु, जसबहादुर लिवाङ, राजन राई, नारायण सिं बोखिम, र सुरेस आवजुङले राजिनामा दिएको पत्रकार सम्मेलनमा वितरीत प्रेश विज्ञप्तिमा उल्लोख गरीएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका अध्यक्ष मादेनले पाटिमा सक्रिय रुपमा काम गरे पनि कहिले पाटि फुट्ने त कहिले सरकारमा सहभागि हुने निहुले व्याक्तिगत स्वार्थमा जुट्ने चरित्रबाट क्वाक भए पनि आफुहरुले राजिनामा दिन बाध्य भएको बताउनुभयो । उनले आगामि दिनमा आफुहरुको राजिनीतिको स्वरुपका विषयमा पुन पत्रकार सम्मेलन मार्फत जानकारी दिने समेत बताए ।

पत्रकार सम्मेलनमा संघिय लिम्बुवान मञ्चका अध्यक्ष किर्तिमान मादेनले पहिचान र संघियताको मुद्धा बोकेको पाटि संघिय समाजबादि फोरम पनि हुनसक्ने तर्फ संकेत गर्दै आफुहरु सोहि पाटिमा जाने तर्फ घुमाउनरो संकेत समेत गरेकाे थियो । सो पत्रकार सम्मेलनमा संघिय समाजबादि फोरमका जिल्ला अध्यक्ष मोति पालुङ्वाको समेत उपस्थिति रहेको थियो ।