विराटनगर/ उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन जस्तोसुकै चुनौतिको सामाना गरेर भएपनि निर्धारित समयमै सम्पन्न हुने बताएका छन् ।विराटनगरमा तेस्रो क्षेत्रिय स्काउट ज्याम्बोरेटको औपचारिक रुपमा शुक्रबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले निर्वाचन स्वतन्त्र र भयरहित बातावरणमा सम्पन्न गर्न सबै पक्ष गम्भिर रुपमा लाग्नुपर्ने बताए ।

उनले स्थानिय तहको निर्वाचन जस्तै गरि संघिय र प्रदेश सभाको निर्वाचन पनि ठूलो उत्सवको रुपमा सम्पन्न हुने बताए । तोकिएकै समयमा निर्वाचन भए संविधान कार्यन्वयनले सुखद रुपमा पूर्णता पाउने उपराष्ट्रपति पुनले विश्वास व्यक्त गरे । देश चुनावमय भइरहेको जानकारी दिदै उपराष्ट्रपति पुनले संघ र प्रदेश सभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सबै राजनैतिक दल लाग्न आग्रह गरे । उनले सम्पूर्ण जनतालाई निर्वाचनमा सहभागि भइ आफ्नो सार्भाउसाअधिकार प्रयोग गर्न विशेष रुपमा आग्रह गरे ।

उनले ज्याम्बोरेटमा स्काउटर बालबालिकाहरुले प्रर्दशनी गर्ने विभिन्न पहिचान युक्त खेलहरुले अनेकतामा एकता कायम गरि भाइचाराको विकास गर्न ठूलो मद्दत मिल्ने बताए । ‘भोलीको राष्ट्र निमार्णको शक्ति आजको युवाहरु नै हो,’ उनले भने, युवालाई जीवन उपमुखी तथा जनमुखी शिक्षाबाट शिकक्षीत बनाए देश समृद्धीको दिशमा अगाडी बढदछ ।’ देश विकासको लागि प्रत्येक युवामा मैले के गर्छु भन्ने भावनाको विकास भए देश समृतीतर्फ उन्मुख हुने उनको भनाई थियो । उनले स्काउट शिक्षाले राष्ट्र निमार्णमा जागृत गर्ने भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने बताए । नेपाल सरकारले स्काउटलाई प्रभावकारी बनाउन आर्थिक वर्ष २०७२-०७३ मा नेपालको सबै विद्यालयमा स्काउट इकाइ र प्रत्येक निर्वाचन क्षेत्रमा १-१ वटा रोबर रेन्जर सञ्चालनलाई तिब्रता दिन जरुरी रहेको उपराष्ट्रपति पुनले औल्याए । यो प्रभावकारी रुपमा सञ्चालन भए स्काउटरको संख्यामा वृद्धी आउने उनले बताए ।

सोही अवसरमा ज्याम्बोरेटको संयोजक नवलप्रसाद उपाध्यायलाई उपराष्ट्रपति पुनले ‘नेपाल स्काउट विपद उद्धार पदक २०७३’ ले सम्मान गरे । कार्यक्रममा विराटनगर महानगरपालिको प्रमुख भिम पराजुली र नेपाल स्काउटको मुख्य आयुक्त रविन दाहालले बोलेका थिए । आउँदो असोज ३० गतेसम्म सञ्चालन हुने ज्याम्बोरेटको विभिन्न जिल्लाहरुमा करिब ३ हजार स्काउटर ११ वर्ष देखि १६ वर्षउमेर समूहका बालवालिकाहरुको सहभागि रहेको छ । पाँच दिनसम्म उनीहरुले ४० वटा विभिन्न क्रियाकलापहरुमा भाग लिने कार्यक्रम संयोजक उपाध्यायले जानकारी दिए । ज्याम्बोरेटमा विपदमा पर्दा कसरी त्यसको सावधान गर्ने साहसाधि क्रियाकलाप देखि बौद्धिक र मनोरञ्जन आत्मक कार्यक्रमहरु रहेको बताइएको छ ।