काठमाडौं/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सन्चालन गर्न आवश्यक तयारी कार्य प्रारम्भ गर्नको लागि सैद्धान्तिक सहमति लिएको छ ।

प्रतिष्ठानको शुक्रबारसम्पन्न प्रथम सभाले नयाँ कार्यक्रम सन्चालन गर्ने सहमतिका साथै आर्थिक वर्ष २०७४र७५ का लागि प्रस्तावित योजना तथा कार्यक्रमसहितको वार्षिक बजेट पारित गरेको हो ।

बैठकमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सरकारको नीतिअनुसार यसको स्थापना भएको बताए ।

उनले प्रतिष्ठानको उद्देश्यअनुसार जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवाको पहुँच पु¥याउन, दक्ष जनशक्ति उत्पादन र अनुसन्धानमा उल्लेख्य भूमिका निर्वाह गर्न निर्देशन दिए ।

प्रतिष्ठानले स्थापनाकालदेखि नै जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउँदै आएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आगामी दिनमा थप नयाँ कार्यक्रम सन्चालन गर्न र लागू भएका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गरे ।

मुलुक संघीयतामा गइसकेपछि हरेक प्रदेशमा सरकारीस्तरमा मेडिकल कलेज स्थापना गर्ने नीतिअनुरुप पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई २०७२ माघ १२ गते ऐनअनुसार प्रतिष्ठानका रुपमा अघि बढाइएको हो ।

स्व।मेजर वीरसिंह गुरुङले २०१३ सालमा केही दाताको सहयोगमा प्रथम र द्वितीय विश्वयुद्धमा ज्यान गुमाएका र हराएका नेपाली सिपाइको सम्झनामा यस अस्पतालको स्थापना गरेका हुन् ।

विसं २०१९ मा सरकारलाई हस्तान्तरण भएको यो अस्पताल हाल ५०० श्यैय्यासहित सन्चालनमा भइरहेको पश्चिमाञ्चल क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल हो ।

बैठकमा प्रतिष्ठानका सहकूलपति रहेका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानले मौलिक अधिकारका रुपमा व्यवस्था गरेको स्वास्थ्य सेवालाई गुणस्तरीय र सहज पहुँच योग्य बनाउन निर्देशन दिए ।

मन्त्री पोखरेलले प्रतिष्ठानको दीर्घकालीन गुरुयोजना बनाई अघि बढाउनुपर्ने बताउँदै प्रतिष्ठानले दुरदराजका जनतालाई समेत प्रत्याभूत हुने गरी सेवा प्रवाह गर्न आग्रह गरे ।

बैठकले प्रस्तावमा आवश्यक गृहकार्य गरी पारित गर्न उपकुलपति प्रा।डा।बुिद्धबहादुर थापाको संयोजकत्वमा प्रतिष्ठानका डिन डा।नरेन्द्रविक्रम गुरुङ र निर्देशक डा।अर्जुन आचार्य सदस्य रहेको कार्यदल गठन गरेको छ ।

कुलपति प्रा।डा।थापाले प्रतिष्ठानको स्थापना, हाल गर्दै आएका कार्यप्रगति र भावी योजनाका बारेमा जानकारी गर्राका थिए । रासस