काठमाडौँ/ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याराको खोजीमा जुटेको प्रहरीले केही प्रारम्भिक तथ्य फेला पारेको छ ।

अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संग्लन रहेका तीन जनाको स्केच तयार पारेको छ । प्रहरीका अनुसार उक्त स्केचका आधारमा सम्भावित अभियुक्तहरूको पक्राउ गर्न सजिलो हुनेछ ।  उच्च प्रहरी स्रोतका अनुसार गौचनको हत्यामा चार जनाको समुह खटिएको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरी अधिकारीका अनुसार योजनाबद्ध र लामो तयारीका साथ गौचनको हत्या गरेको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार हत्या अघि उक्त समूहमा रहेका चार जनाले भिमसेनगोला र प्रयाग मार्गमा बसेर योजनाको अन्तिम तयारी गरेको देखिन्छ । प्रहरीले उक्त घटनामा नाइन एमएमको पेस्तोल प्रयोग भएको समेत बताएको छ ।

कान्तिपुर