धरान/धरान डान्सिङ आइडलमा टप २० अडिसन पूरा भएको छ । जुनियर र सिनियर तर्फकै टप २० का प्रतिस्पर्धीहरु छनौट भएका छन् । हाम्रो डान्स सेन्टरको आयोजनामा जारी प्रतियोगितामा सिनियर तर्फ २० जना र जुनियर तर्फ २० जना छनौट भएको सेन्टरकी प्रशिक्षक सन्ध्या श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार सिनियर तर्फ डिक्चन शेर्पा, लाक्पादिकी शेर्पा, स्मृति मगर, दिया राई, दिक्षा लिम्बूलगायत छन् । त्यस्तै जुनियर तर्फ सैदा राई, आर्या साह, प्राची लामा, पासाङ तामाङ, सितल भण्डारीलगायत छनौट भएका छन् । उनीहरुको पुनः अर्को राउण्डबाट छनौट गर्दै टप १५ मा उतारिने तयारी भएको छ ।