पथरी/राष्ट्रिय टोलीबाट खेलिसकेका सिद्धान्त लोहनीको विराटनगर डाएनमिक किसंलाई पराजित गर्दै पथरीशनिश्चरेको रत्न यूथ क्लब पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा रत्नले किसंमाथि ६ विकेटको सहज जीत हात पार्यो । विराटनगर डाएनमिक च्यालेञ्जर्सले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको रत्नले १५ दशमलब ३ ओभरमा मात्र ४ विकेट गुमाउँदै जीत हात पार्यो ।  रत्नको जीतमा अमृत सिंहले अविजित ३९ र रवि रोएले २० रन बनाए । डाएनमिक किसंका सिद्धान्त लोहनी, विरवल सिंह र श्रवण यादबले समान १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको डाएनमिक किसंले १८ दशमलब १ ओभरमा अल आउट हुँदै मात्र ८९ रनको योफल तयार पारेको थियो । विराटनगरका लागि अमृत शाहले २५, विवेक झाले २३ र सिद्धान्त लोहनीले १२ रन बनाए ।

किसंलाई सस्तैमा समेट्न रत्न युथ क्लबका प्रवेश कामती र निरितिया खडोलियाले समान ३/३ विकेट लिए । खेलको म्यान अफ द म्याच रत्न युथ क्लबका रत्न युथ क्लबका अमृत सिंह घोषित भए । प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल आयोजक विरेन्द्रनगर क्रिकेट क्लब र इन्द्रपुर क्रिकेट क्लब विच हुनेछ ।