भक्तपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताए ।

आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हो भने ।

अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य प्रस्ट्याएको बताए ।

उनले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गरे।