इटहरी / महाकालीवाट २०७२ बैशाख ५ गतेबाट पैदलयात्रा शूरु गरेका जगतगुरु बालसन्त सुनसरी आइ पुगेका छन् ।

धार्मीक जागरणका माध्यमवाट मुलुकलाई आर्थिक सम्वृद्ध बनाउन सकिने योजना सहित बालसन्त देश व्यापी पैदल यात्रामा निस्किएका हुन् । नेपालका प्रथम जगतगुरु वालसन्त ५९ औ जिल्लाको यात्रा पुरा सुनसरी आइपुगेका हुन् । यात्राका क्रममा नेपालमा रहेका धार्मिक महत्व बोकेका नदीहरु तथा तिर्थस्थलहरुको समेत खोजी गरेका छन् । जसबाट नेपाललाई विश्वमा चिनाउन सकिने उनको भनाई छ ।

नेपालबाट वर्षेनी भक्तजनहरु भारतका विभिन्न ठाउँमा तिर्थ यात्रामा गएर आर्थिक खर्च गरिरहेको समयमा नेपालकै तिर्थ स्थलहरुमा जानेक्रम बढेसंगै नेपाली अर्थतन्त्र बाहिरीने क्रम बढेकोले सो रोक्नका लागि पनि यहाँका धार्मिक स्थलको महिमा बाहिर ल्याउनु पर्ने उनको बुझाई छ । नेपालमा धार्मीक जागरणमा उल्लेखिय रुपमा योगदान गर्दै आएका जगतगुरुले धर्मको माध्यमवाट मुलुकलाई एकताको सुत्रमा वाध्नु पर्ने संदेश बोकेर ७५ जिल्लाको पैदल यात्रामा निस्किएका हुन् । बालसन्तले महाकालीवाट पैदलयात्रा शूरु गरेका थिए ।

जगतगुरु मोरगंको यात्रा पुरा गरी ६०औं जिल्लाका रुपमा सुनसरी आइपुग्दा सुनसरीमा धर्मप्रेमी भक्तजनहरुले स्वागत गरे । पैदल यात्राका क्रममा महाकालीमा बनाउ लागिएको अष्ठधातुको ७५फिट अग्लो नेपाल आमाको मुर्ति बनाउन तामा पित्तल सहित सहयोग संकलन गर्ने काम समेत गरिदै आएको छ । जगतगुरु वालसन्तकै अगुवाईमा महाकालीमा नेपाल आमाको ७५फिटको अष्ठधातुको मुर्ति बनाउने अभियान समेत सञ्चालन भैरहेको छ ।

जगतगुरु वालसन्तले नेपालको चतरा क्षेत्र नै प्रसिद्ध धार्मिक क्षेत्र चतरा धाममा कुम्भ मेला लगाउन शुरु गरेका छन् ।