वि.सं. २०७४ साल असोज २६ गते। बिहीबार। इश्वी सन् २०१७ अक्टोबर १२ तारिख। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– सप्तमी, १०:११ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिश्रम परे पनि हिम्मतले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्गे आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) बोलीको विपरीत अर्थ लाग्नाले समस्यामा परिनेछ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। भैपरी आउने खर्चका कारण त्यति सञ्चय गर्न नसकिएला। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अवसर प्राप्त भए पनि नियमित काममै अलमलिनाले पछि परिनेछ। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। मिहिनेतले मात्र लक्ष्यमा पुर्याउनेछ। रमाइलो जमघटको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। काममा धेरै खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सफल भइनेछ। कीर्तिमानी काम प्रारम्भ होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। साथीभाइले हिम्मत जगाउनेछन्। प्रयत्न गर्दा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। आफ्नै बेहोसीले नोक्सान पुर्याउला। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि निजी काम अवरुद्ध बन्न सक्छन्। तापनि चुनौतीहरू पन्छाउँदै केही काम बनाउन सकिनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।कामबाट तत्काल फाइदा नउठ्न सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने स्थिति रहनेछ। काममा चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउन सक्छ। यात्राको प्रक्रियाले खर्च बढानेछ। तापनि व्यावसायिक कामले यात्रा गराउला। उद्योग र व्यापारमा लाभ हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै मान-सम्मान प्राप्त हुनेछ। समयमा लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने समय छ। बलजफ्ती गरेर पनि चिताएको काम बनाउन सकिनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई पनि पाठ सिकाउन सकिनेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अप्रिय समाचारले दु:खी बनाउला। अध्ययनमा त्यति प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने समय छ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मनको डरले सताए पनि केही समय पर्खंदा स्थितिमा सुधार आई उन्नति हुन सक्छ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) परिस्थिति अलि प्रतिकूल रहनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र कृषिबाट सामान्य लाभ मिल्न सक्छ। साइनो गाँस्नेहरूले व्यवहारमा अप्ठ्यारो पार्नेछन्। काम बिग्रने डरले सताए पनि आफ्ना योजना गोप्य राख्नुहोला। (नेपाली पात्रो)