बलिउडका सुपरस्टार आमिर खान सधै भन्ने गर्छन कि प्रसिद्धि, सफलता र स्टारडम गुमाउनुको उनी कुनै चिन्ता गर्दैनन् । लगातार सफल र सुपरहिट फिल्म दिइरहेका आमिरले कमर्शियल फिल्मको व्याकरण नै बदलिदिएका छन् र इन्डस्ट्रीमा आफ्नो खास स्थान बनाइसकेका छन् । एक अन्तर्वार्तामा आमिरले भने, ‘‘मलाई स्टारडम गुमाउनुको डर छैन । म स्पष्ट छु कि यो सबै एकदिन म गुमाउँदै छु । यसलाई लिएर मेरो दिमागमा कुनै डर र चिन्ता छैन किनकी एकदिन यो पनि हुनेछ, जब यो मेरो साथमा हुने छैन । अनि डर केको लागि ?  एक दिन हामी सबैको मृत्यु पनि हुन्छ । सृजनशीलता पनि एक समयसम्म मात्र रहन्छ र अन्त्यमा यो पनि सकिन्छ ।’’ आमिरले अगाडि भने, ‘‘मलाई यो सोचेर निन्द्रा लाग्दैन कि म फिल्म बनाउने जटिल कामलाई सही ढंगबाट पूरा गर्दैछु वा छैन । हामी जे हासिल गर्न चाहिरहेका छौ, के त्यो सफल भयो ? मेरो सबैभन्दा ठूलो डर यही हो । हामीले यहाँ केही गलत गर्नु हुँदैन । के म आफ्नो रचनात्मकता गुमाउँदै छु ? अवश्य पनि यस्तो हुनेछ । के म आफ्नो सम्पत्ति गुमाउँदै छु ? सय प्रतिशत यस्तो हुनेछ । यसलाई लिएर कुनै प्रश्न उठँदैन । यो समयले तय गर्छ ।’’ पछिल्लो दशकमा ५२ वर्षका आमिरले ‘३ इडियट्स’, ‘पीके’, ‘धूम ३’ र ‘दंगल’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । उनी अगाडि थप्दै भन्छन्, ‘‘फिल्मले स्टार बनाउँछ । म कहिले पनि यो दाबी गर्दिन कि कुनैपनि फिल्म हिट वा फल्प हुनुको पछाडि मेरो कारण हुन्छ । एक अभिनेताको रुपमा म रचनात्मक माध्यमबाट योगदान दिइरहेको छु । फिल्मको एक ठूलो श्रेय निर्देशक र लेखकलाई जान्छ । उनीहरुलाई श्रेय मिल्नु पर्छ वा यदी कुनै फिल्म फल्प हुन्छ भने त्यो निर्देशकको पनि जिम्मेवारी हो ।’’ आमिरको नयाँ फिल्म ‘सीक्रेट सुपरस्टार’ १९ अक्टोबरबाट रिलिज हुँदैछ ।