धरान/निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार अपरान्ह करिव ३ बजेतिर गोली हानेर हत्या भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा गौचनमाथि अज्ञात समूहले गोली हानेको प्रहरीले जनाएको छ । उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौचनको पेटमा दुईवटा गोली लागेको छ । बा १३ ४९४८ नम्बरको गाडीमा सवार गौचनलाई गाडीभित्रै गोली लागेको थियो । गाडीको अगाडिको शिसा छेड्दै गोली गौचनको पेटमा लागेको थियो । प्रहरीले घटनाबारे सोधपुछ गर्न गौचनको गाडी चालकलाई नियन्त्रणमा लिएको छ । गौचनलाई गोली प्रहार गर्ने समूहको यकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।