पाथिभरा/पाथिभरा दर्शन गरि फर्किएका तीर्थयात्री बोकेको जीप ताप्लेजुङमा दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । मे १ ज १३०८ नम्बरको जीप फुङलिङ नगरपालिका–१० भालुगौडे – सुकेटार पाथीभरा सडक खण्डमा दुर्घटना हुँदा जीपमा सवार उर्लाबारी ४ कि २५ वर्षीय अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यू भएको हो । अनिताको घटना स्थलमानै र होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा परी घाईते हुनेहरुमा उर्लाबारी ४ कै २० वर्षिय अनिलजंघ थापा, २६ वर्षका दिलिप घिमिरे र चालक ईलाम निवासी अमित श्रेष्ठ रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । चालक बाहेक घाइते सबै उर्लाबारी, मोरङका रहेको प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । जीप ब्रेक फेल भई सोमबार बिहान करीव ८ः३० बजे सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार, जीप घुमाउने क्रममा सडकबाट तल खसेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।