पूर्वको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त छ भन्दा फरक पदैन । सडक ब्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरी कमाउ धन्दामा छ त्यो पनि यर्थाथ हो ।

दैनिक सडक दुर्घट्नामा ज्यान गुमाउँनको संख्या बढ्दो छ । तर सडक दुर्घट्नाको विषयमा गम्भिर भई कारण खोज्न नसक्ने ट्राफिक प्रहरी चाडपर्वमा जरीवना काट्न रातो विल लिएर सडकमा जनता सँग दिनहु निहु मात्र खोजिरहन्छ । कुनै नयाँ कार्यलय प्रमुख आए लगातै सडकमा ट्राफिकको तामझाम सुरु हुन्छ तर एक वर्षमा कुनै नियम पालना हुदैन,अन्तःत प्रमुखहरु प्रहरीकै भाषामा खोका लिएर कुम्लोकुटुरो बोकेर बाटो लाग्छन त्यो वर्षेनी हुन्छ । अहिले पूर्वको सडकमा मनपरी ढंगबाट चेकिङ भईरहेको छ । जस्ले जहाँ पायो त्यहाँ चेकिङ गरीरहेका छन । ट्राफिक पोष्ट देखि जिल्ला हुदै क्षेत्रको चेकिङले सर्वसाधरण हैरान छन त्यो यर्थाथ हो ।

यसरी एक किलोमिटरमा एउटा चेकपोष्ट थापेर के जनतालाई दुख दिन खाजेको हो ? या चाडवाडमा कमाईखाने भाडो बनाउँन ? सडकमा जरीवना काट्दैमा के सवारी दुर्घट्ना राकिएला ? अभियुक्तहरु ५ सय देखि एक हजार सम्म जरीवना सकडमै काटेर छुट्ने प्रचलनले सवारी दुर्घट्ना कसरी रोकिएला ? सडकमा काट्ने ट्राफिकको विल कस्ले छपाउँछ ? यो प्रश्न अब गम्भिर हुन सक्छ । ट्राफिकको मनपरी चेकपोष्ट सँगै कतै जरीवना बापत थमाउँने रसिद पनि दुईनम्वरी त छैन ? हैन भने लामो समय देखि सडकमै जरीवना चै किन काटिन्छ ? बैक सिस्टममा गएर किन जरीवना काट्न सुरु भएन पूर्व क्षेत्रमा एसपी सायब ? कि कमाईखाने भाडो वनाईराख्न सडकमै विल थमाउँने हो । यो गम्भिर प्रश्न हो यसमा सरकारी निकायको ध्यान जानु जरुरी छ । जथाभावी विल थमाउँने ट्राफिक प्रहरीले विलको सदुपयोग गरेका छन कि छैनन् यस विषयमा प्रशासनले ध्यान दिनु जरुरी छ । जरीवनामा मात्र ध्यान दिनुको कारणले पनि ट्राफिक भित्र आर्थिक चलखेल छ भन्दा अन्यथा नहोला । ट्राफिकको कमजोर ब्यवस्थापनको कारण सडक दुर्घट्ना वढेको यथार्थ हो ।

थोत्रा र मनपरी कुदाईएका ठुला सवारीबाट मासिक रकम लिने र सानो सवारीलाई चेकिङको नाटक मात्र भएकै कारण पूर्वको ट्राफिक ब्यावस्थापन लामो समय देखि सुध्रिएको छैन । ट्राफिकले आफ्नो संगठनलाई चुस्त दुरुस्त वनाउँन सकेको छैन । केबल पैसा कमाउँन ट्राफिक अहिले ब्यस्त छ । ट्राफिक प्रहरीले आफ्नो सेवाको गुणस्तरमा पनि ध्यान दिनु जरुरी छ । घुस नदिई कामै हुदैन भन्ने सर्वसाधरणको भनाईमा किन चुप छन त्यो निकाय ? अहिले पनि अधिकांस ट्राफिक प्रहरीमा सुधार आएको छैन वरु घमण्ड भने वढेको छ । समाजमा ट्राफिक प्रहरीहरु अहिले पनि सामाजिक भईसकेका छैनन् । तसर्थ ट्राफिक प्रहरीहरु सुध्रन आवाश्यक छ । घर सुधारेर मात्र सडक सुधारमा लाग्न यो पंत्तिकार ट्राफिक प्रहरी पूर्व क्षेत्रीय हाकिम राजकुमार लम्साललाई अनुरोध गर्छ ।

चोकमा उभिएर जाम खुलाउने, लाइसेन्स माग्ने, सवारीलाई व्यवस्थित गर्ने लगायतका काममा खटिने ट्राफिक र गाडी चालकबीच प्रायः विवाद र तनाव भैरहन्छ किन ? नियमविपरीत सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी नियम पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारी साधन चुस्त–दुरुस्त नराखी सञ्चालन गर्ने र लापर्वाहीपूर्वक सवारी चलाउनेहरुलाई कार्वार्ही किन हुदैन ? अहिले पनि ठुला ब्यावसायीको ट्रक ट्रिपरहरु वर्षे देखि रिनो नभई सञ्चालनमा आए पनि उनीहरुलाई कार्वार्ही नहुनुको कारण अािर्थक चलखेल हो त्यो बन्द गर्ने सक्ने हिम्मत ट्राफिक प्रहरी सँग छ ? चेकजााचले मात्र दुर्घटना न्यूनीकरण नहुने तथ्य प्रमाणित हुदै गएको छ । त्यस कारण जरीवनालाई भन्दा पनि ब्यावहारीक शिक्षालाई ध्यान दिनु जरुरी देखिन्छ ।

सबै सर्वसाधरण सँग रुखोे ब्यवहार हैन उनीहरुलाई नरम ब्यवहारमा ट्राफिक जनचेतना फैल्याउँनु सक्नु पर्छ । कमिसन खान जथाभावी जरीवना रसिद काटेर मात्र सडकको अस्तब्यस्त रोकिने पक्का छैन । ट्राफिक प्रहरी घमण्डी भएर सर्वसाधरणलाई रोडमा नै गाली गर्ने जस्ता कियाकलाप गर्छन । यसलाई रोक्न ट्राफिक प्रहरीको हाकिमहरुले ध्यान दिनु जरुरी छ । सडकमा बिहान सबेरै देखि मध्यरातसम्म देखिएका दृष्यहरूले ट्राफिक प्रहरी भित्र डरलाग्दो अराजकता र असुली अभियान चलेको प्रस्ट देख्न सकिन्छ, यतिबेला । ‘पहिला मापसे सोध, त्यो नभए लाइसेन्स सोध, त्यसको पासोमा पनि नपर्ने रहेछ भने ब्लुबुक खोज, त्यसपछि पनि उम्किए नम्बर प्लेट र साइड लाइटमा खोट देखाऊ र असुली गर’ भन्ने अभियान चलाइएको छ, सडकमा । अहिले बजारमा थोत्रा गाडीहरु सर्वसाधरण वोक्न धेरै कुद्ने गरेका छन । सरकारी निर्णयअनुसार यस्ता थोत्रा गाडी सडकमा गुड्न दिनै नहुने हो ।

तर, कवाडीमा बेच्नुपर्ने हजारौ सार्वजनिक सवारी अहिले उपत्यकामा विद्यार्थी, कर्मचारी र सर्वसाधारण यात्रु बोक्ने काममा संलग्न रहेको छ । ज्यानमारा सार्वजनिक सवारी हटाउन चासो दिँदैन र विद्यार्थी तथा यात्रु बोक्ने जस्तो संवेदनशील काममा प्रयोग गर्न दिइन्छ ? यो विषयमा टाफिक नबोल्नुको कारण के ? यस विषयमा गम्भिर वनौ । लाइसेन्स वितरण प्रणाली, सवारी चेकजाँच, कारबाही, सडक संरचना, ऐन–कानुन सबैतिर समस्या छ । प्राविधिक ज्ञानविना निर्माण भएका ग्रामिण सडक अनगिन्ति छन । जसको अवस्था दयनीय । जनसख्याको चाप, पुराना गाडी, वेपरवाह चालक, ओभरलोड, धुलो र खाल्टा भएको मार्ग तर पनि सबै यात्रुलाई गन्तव्यमा पुग्नैपर्ने बाध्यता नेपालीको साझा समस्या बन्दै गएको छ यस्लाई नियन्त्रणका उपायका वारेमा वहष गदै सडक दुर्घट्ना न्युनिकरणको बाटो खोज्नुको सट्टा चेकिङलाई प्रथामिकता दिएर कमाउ धन्दामा नलाग्दा राम्रो हैन र एसपी सायब !