धरान/धरान इटहरी सडक खण्डमा इटहरी तर्फ एकै दिसा जादै गरेकाे काे २७ प नं स्कुटर र काे १ ख ४६४० नं काे बस दुर्घटनामा परेकाे छ।

दुर्घटनामा धरान १६ बस्ने ३६ वर्षिय गाेविना रार्इ गम्भिर घाइते भइकी छिन् । उनकाे विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेकाे छ ।

दुर्घटना बिहान १० बजेर ४५ मिनेटकाे समयमा भएकाे हाे । बस र चालक प्रहरी नियन्त्रणमा रहेकाे क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी  दिएकाे छ ।