तरहरा/ सुनसरीको इटहरी २० तरहरामा रहको राष्ट्रिय जनसहयोग क्याम्पस तरहरा स्नातक तह ४ बर्षको परिक्षामा पब्लिक क्याम्पसहरुकै प्रथम क्याम्पसको रुपमा उत्कृष्ट भएको छ ।

४८ जना बिद्यार्थीहरुमध्ये ४ जनाले बिशिष्ठ श्रेणी तथा २२ जनाले प्रथम श्रेणी सहित ७९.१७% बिद्यार्थी उतिर्ण भई नेपाल प्रथम भएको क्याम्पस प्रमुख दोर्ण न्यौपानेले वताए । कलेज सभा कार्यक्रममा बिशिष्ठ श्रेणी ल्याउँने चुडामणि आचार्य,इन्दिु राई,रुपक दाहाल र संगिता भट्टराईलाई नगद,प्रमाणपत्र र पुस्तकसहित सम्मान गरिएको थियो । त्यस्तै अन्य १७ जना बिद्यार्थीलाई पनि नगदससहित छात्रबृत्ति प्रदान गरिएको थियो ।

क्याम्पसको बुधबार पाँचौ कलेज सभामा बोल्दै क्याम्पस प्रमुख द्रोण न्यौपानेले यहाँका बिद्यार्थीहरु स्नातक तह उतिर्ण गर्नका निम्ति अन्य ठाउँमै जानुपर्ने भएकोले यसलाई मधयनजर गर्दै २०६६ श्रावण ४ गत्ते त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त गरी अध्ययन शुरु गरेको थियो । कार्यक्रम क्षेत्र नं. २ का सांसद रेवतीरमण भण्डारीले उद्धघाटन गरेका थिए । उनले सरकारी क्याम्सपमा यो रिर्जल्ट उत्कृष्ट भएको वताए । सांसद् तथा पूर्व यातायात राज्यमन्त्री सिताराम मेहेताले सरकारी क्याम्पस भएर पनि नेपालमै उत्कृष्ठ भएकोमा बधाई दिएका थिए ।

क्याम्पसका पूर्व अध्यक्ष मणिराम गिरीले नेपालभरै सरकारी क्याम्पस मध्य उत्कृष्ठ हुँनु भनेको तरहराबासी गौरवान्वित भएको कुरा स्पष्ट पारे । कार्यक्रममा केशर बहादुर प्रधान , हरिनारायण चौधरी लगायतले वोलेको कार्यक्रम क्याम्पसका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।