भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्वद्ध युवाहरुको झापाको बैठकले पाँच जना सदस्यलाई विभिन्न पदमा मनोनित गरि समिति विस्तार गरेको छ । समितिका अध्यक्ष राज कुमार राईको अध्यक्षतामा आइतवार विर्तामोडमा सम्पन्न भएको समितिको वैठकले मनोनित गरेको हो । वैठकले उपाध्यक्षमा बिर बहादुर गुरुङ् , सहसचिवमा अमित राइलाई मनोनित गरेको हो । त्यस्तै सदस्यहरुमा पुजा खतिवडा,शेरआलाम र राम सिं राजवंशीलाई मनोनित गरिएको अध्यक्ष राइले जानकारी दिए । गत आइतवार २३ सदस्य गठन भएको समितिमा थप गरि २८ सदस्यीय कार्य समिति गठन भएको राइले जनाएका छन् ।