धरान/धरान उपमहानगरपालीकाका मेयरको सचिवायको प्रेस संयोजकमा ब्लाष्ट खबर डटकमका कार्यकारी सम्पादक योगेशबाबु काफ्ले नियुक्ति भएका छन् ।काफ्ले ब्लाष्ट टाईम्स दैनिकका समाचार सम्पादक पनि हुन् ।

धरान उपमहानगरपालीकाको नगर कार्यपालीकाको भदौ १२ गते भएको बैठकले योगेशबाबु काफ्लेलाई प्रेश संयोजकमा नियुक्त गरेको हो ।उनको नियुक्तिप्रति बधाई दिदै ब्लाष्ट टाईम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्किले स्थानिय तहको कार्यान्वयन संगै मोफसलका पत्रकारहरुमापनि अवसर प्राप्त भएको भन्दै बधाई ज्ञापन गरेका छन् ।

स्थानियतहलाई सञ्चारमैत्री बनाउन र सुचनाको हक हरेक नागरिक सम्म पुयाउन हरेक स्थानिय तहले यो कार्यको अनुशरण गर्नु पर्ने उनले बताएका छन् । धनकुटाको महालक्ष्मी नगरपालीका ९ स्थित मुर्तिढुङगाका स्थाई ठेगना भएका पत्रकार काफ्ले बिगत ११ बर्ष देखी धरानमा पत्रकारीता गरिरहेका छन् ।

२०५९ सालमा बाल पत्रकारको रुपमा पत्रकारीता थालेका पत्रकार काफ्लेले २०६३ साल देखि धरानमा सक्रिय पत्रकारीता गरि रहेका छन् । स्थानिय निकायमा सूचनाको हकमा सहज बनाउन हरेक स्थानिय निकायमा पत्रकारहरुलाई सहभागी बनाउनु पर्ने प्रेस चौतारी नेपालले माग गदंै आएकोमा धरान उपमहानगरले पूर्वमा पत्रकारलाई स्थानिय तहमा सहभागीताको थालनी गरेको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देबेन्द्र कार्कीले बताए ।