कलैया/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका जनताको मुक्ति माओवादी केन्द्रले नै गर्ने बताए ।

बाराको सदरमुकाम कलैयामा आज प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले केही पार्टीले तराई, पहाड, हिमालबीच फाटो ल्याउने काम गरेको टिप्पणी गरे ।

नेकपा (एमाले) का कारणले संविधान संशोधन नभएको बताउँदै दाहालले माओवादी केन्द्र संघीयता र गणतन्त्रलाई मूलमन्त्र बनाई अगाडि बढेको स्मरण गराए ।

पूर्वप्रधानमन्त्री दाहालले संविधान संशोधन पारित गराएरै छाड्ने प्रतिबद्धता पनि सो पत्रकार सम्मेलनमा व्यक्त गरे । रासस