भद्रपुर । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तुलसीप्रसाद ओलीसहित १३ जनाले पार्टी परित्याग गरेका छन् । पार्टी विधान विपरित सञ्चालन भएको भन्दै साविक हल्दिबारी गाउँ कमिटीका अधिकांश वडा प्रमुखले राजिनामा दिएका छन् । उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेहरुमा साविक हल्दिवारी १ का अध्यक्ष जीवन तामाङ, २ का अध्यक्ष भैरव राजवंशी, सोहि वडाका चुनाव परिचालन आर्थिक संयोजक शेरवहादुर श्रेष्ठ, ३ का भीमबहादुर घिमिरे, ४ का विजय राजवंशी, उपाध्यक्ष खड्गबहादुर तामाङ,६ का सचिव रामबहादुर श्रेष्ठ, ८ का अध्यक्ष तेजबहादुर खतिवडा रहेका छन् । त्यस्तै साविक हल्दिवारी २ का अखिल नेपाल महिला संघ क्रान्तिकारी सचिव अमिना राजवंशी, साविक हल्दिवारी ९ का अध्यक्ष जगदीश साह, पूर्व हल्दिवारी कोषाध्यक्ष धनबहादुर विष्ट र हल्दिवारी गाउँपालिका दलित मुक्ति मोर्चा अध्यक्ष डिल्ली परियार रहेका छन् ।