एजेन्सी/ पछिल्लो समय नायिका कंगना रनावत फेरि एकपटक चर्चामा छिन् । विशेषगरि, कंगनाले आफ्ना पूर्व प्रेमीहरुको बिषयमा दिएको बयानले उनलाइ चर्चामा ल्याइदिएको हो ।

कंगनाले मिडियासँगको कुराकानीमा नायक ऋतिक रोशनदेखि करण जोहर हुँदै आदित्यसम्मलाइ मुछेकी थिइन् । कंगनाको यो बयानपछि अहिले भारतीय मिडिया र सिंगो बलिउड नै तरंगित भएको छ । कंगनाको संघर्षको दिनमा उनको प्रेम आदित्य पंचोलीसँग पनि थियो । कंगनाको यो बयान आएपछि आदित्य निकै आक्रोशित भएका छन् । उनले, कंगनाको विरुद्ध कानुनी उपचार खोज्ने समेत बताएका छन् । भारतीय मिडियासँग कुराकानी गर्दै आदित्यले भनेका छन् ।

‘कंगना पागल केटी हो । उसले यो के गरिरहेकी छे, के तपाइले उसको अन्तर्वार्ता हेर्नुभएको छ । के तपाइलाइ एउटा पागल मान्छे कुरा गरिरहेको जस्तो लाग्दैन । त्यसरी को बोल्छ ? म यो क्षेत्रमा लामो समयदेखि छु, कसैले अहिलेसम्म औला उठाउन सकेको छैन । म फेरि भन्छु, उ पागल केटी हो ।’

आदित्यले कंगनाको बयानले आफ्नो परिवार निकै तनावमा परेको समेत बताएका छन् । साथै, उनले आफू र आफ्नी श्रीमतिले कानुनी उपचार खोज्ने समेत बताएका छन् । आदित्यले अगाडि भने ‘उनी एक राम्री कलाकार हुन् । उनले सबैको सम्मान गर्न सिक्नुपर्छ । उनको नजरमा यो संसारका सबै मान्छे खराब छन् र उनी मात्र सही छिन् ।’ कंगनाले दिएको पछिल्लो अभिव्यक्तिले अहिले उनको तारिफ भैरहेको छ । तर, उनले बलिउडका धेरैलाइ चिढ्याएकाे छ ।

अनलाइनखबरबाट