धरान/इटालियन ब्राण्डको भेज्पा र एप्रिलिया स्कुटरको शो रुम मंगलबार धरानमा लञ्च गरिएको छ । धरान–१५ का कुमार श्रेष्ठ एण्ड सन्सले धरान–८ बरगाछीमा बिक्री प्रारम्भ गरेको हो । विभिन्न रङ्गमा भित्रिएको ब्राण्डको स्कुटर २ लाख ४७ हजार रुपैया मूल्यदेखि ३ लाख २६ हजार रुपैया मूल्यसम्मका छन् । एकसय २५ सिसीदेखि १५० सीसीसम्मका स्कुटीहरु बिक्रीका लागि खुल्ला गरिएका छन् । दशैंतिहारलाई लक्षित गर्दै कम्पनीले भाज्पा र एप्रिलाको कालो, सेतो, रातो, कलेजे, सुन्तला, पहेलोलगायतका रङ्गका स्कुटीहरु भित्रयाएको सञ्चालक सुमन श्रेष्ठले बताए । शोरुमले आफ्नै मर्मत सेन्टरसमेत खोलेको छ । दशैंतिहारलाई लक्षित गर्दै १८ हजार रुपैया छुट प्राप्त गर्ने छ । सो रकम बराबरको विभिन्न सामग्री प्राप्त गर्ने छ ।