पूर्वी नेपाल सँगै सुनसरीका युवाहरु माझ निकै चलेको नाम हो सिजन गुरुङ्ग । युवाहरुमा मात्र हैन अहिले उनको चर्चा यत्रतत्र चुलिदो छ । कुनै समयमा सिजनलाई नकरात्मक दृष्टिले हेर्ने नजरियाहरु पनि अहिले फेरिएको छ । युवा पुस्तामा उनी उदायका छन ।

२०३८ सालमा जन्मेका सिजन नेपाली काङ्ग्रेसको तेर्हौ महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर २ बाट सबै भन्दा बढी मत ल्याएर महासमिती सदस्यमा विजयी भए । तरुण दल सुनसरी अध्यक्ष ,डियर क्लब अफ तरहराका सस्थापक भईसकेको सिजन इटहरी २० तरहराका स्थायी वासीन्दा हुन । केहि सयम यता उनी काग्रेसको राजनितिमा मात्र हैन सामाजिक क्षेत्रमा पनि उतिकै्र सक्रिय छन ।

केटा कटी देखि बृद्धहरु समेत उनका गुनगान गाउँन थालेका छन । यो वर्ष सिजन सबै भन्दा धेरै चर्चामा आए । तरुण दल सुनसरीको अध्यक्ष भएको एक वर्षमा उनले निकै महत्वपूर्ण र सम्झन लायक सामाजिक काम पनि गरे ।बाढीपिडितहरुलाई उद्धार र राहत क्षेत्रमा उल्लेखनीय र प्रशंसानिय काम गरेर उनी पिडितका लागी मात्र हैन समाजका लागी पनि उनी उतिकै हाई हाईको पात्र बने ।

तरुणहरु तरुण दलको पोशाकमा हिड्दा उनको संगठन र उनको आरिस गर्नेहरुको पनि कमि भएन । तर जुन काम समाजमा उनले गरे त्यो साच्चै प्रशंसा गर्ने लायक छ । चिया र भट्टी पसलमा उनका कुरा काट्ने आरिसेहरु कुरा काटेर थाके होलान तर सिजन आफ्नो अभियानमा थाकेका छैनन् । हो उनको भुमिका समाजमा जसरी अगाडी बढ्दै छ त्यसलाई रोक्न हैन बल लगाउँन आवश्यक छ । कुलतमा फस्ने उमेरका युवाहरुलाई सामाजिक काम गराउँदै हिडाउँनु पनी सामान्य कुरा हैन ।

सकरात्मक सोचका साथ यसरी समाज परिर्वतन गर्न युवाहरुलाई लिएर हिडेका सिजन जस्ता हजारौ युवालाई राजनितिको आखाले मात्र हेरेर पुग्दैन ।तसर्थ यस्ता हुनहार युवाहरुलाई सरकार र प्रशासनले पनि सकरात्मक बाटो देखाउँन जरुरी छ ।

पुराना घट्नालाई हेर्ने नजर परीर्वतन गर्ने सक्नु पर्छ । गलत मार्गमा लागेको युवालाइ सहि मार्गमा ल्याएर सामाजिक अभियानमा लगाउने महान लक्ष्यका साथ सिजन निरन्तर बढिरहेका छन त्यसका लागी उनलाई समाजले धन्यवाद दिनै पर्छ ।विपतमा युवाहरुको भुमिका कम रहेन सुनसरीका बाढिपिडित हरु भएका सबै ठाउँ ठाउमा राहत सहित तरुण दल पुग्यो ।सरकार नपुगेको ठाउमा सिजन पुगे ,जनप्रतिनिधि हरुले आश्वासन दिएका ठाउमा उनी स्वयम् साथिहरु सहित राहत लिएर पुगे । उनले गरेको यो अभियान साच्चै प्रशंसा गर्ने लायक छैन र ?

अहिले गरीव र अशक्तको लागी भगवान बन्दै छन सिजन । निकै सक्रियता पूर्वक उनको अभियान जारी छ । दिवस राइ..नाम गरेको नानिको मुटु रोगको उपचार उनले आफ्नै खर्चमा गरे ।

भरतलाल चौधरी नाम गरेको बृद्धको सम्पुर्ण उपचार आफ्नै खर्चमा गरे । त्यस्तै मनोज चौधरी .नाम गरेको अपाङ्गलाइ आत्मनिर्भर बन्न गुम्ती तथा ५० हजार नगद दिए । त्यो मात्र हैन कुलतमा फसेका दर्जनौ युवाहरुलाई सकरात्मक बाटोमा हिड्न उनको प्रेरणा अहिले पनि जारी छ । सुनसरीको इटहरी उपमहानगरपालिका उनको बाल्यकालमा हुर्किएको शहर हो । उनले जसरी सकरात्मक सोचका साथ यहाँका युवाहरुलाई अगाडी बढाउँने भुमिका देखाएको छन त्यो असाध्यै महत्वपूर्ण छ भन्दा फरक नपर्ला । युवाहरू पलायन हुनुको कारण के हो ? राज्यसँग यी युवाहरूलाई रोजगार दिने, राज्यको विकास निर्माणमा सरिक गराउने स्पष्ट नीति कसले बनाउने त ? राजनीति गर्नेले हैन ? यस कारण पनि सिजनका अभियानलाई हामीले साथ दिनु जरुरी छ ।

युवा नारा जुलुस, शक्ति प्रदर्शन, सभा सम्मेलनमा संख्या देखाउने साधन, विपक्षीसँग लडाउने भिडाउने अस्त्र मात्र बन्ने होइन पार्टीमा हैसियत वृद्धि गर्ने र युवाहरूको समस्या समाधान गर्न नीति निर्माण र कार्यान्वयन गर्ने सोचका साथ राजनीतिमा आएका सिजनलाई साथ दिनु हाम्रो कतब्य हैन र ? युवा राजनीतिमा आउनु पर्छ ।

स्वदेशमा बिग्रन लागेको युवालाई सत्मार्गमा लगाउन, सामाजिक भुमिका र जिम्मेवारीमा युवाहरूलाई ल्याउन शशक्त योजना निर्माण तथा यसको कार्यान्वयन जरूरी छ । यसरी धेरै युवाहरुलाई सकरात्मक बाटो देखाउँनले सिजन समाजको धन्यबादको पात्र हुन ।