नेपाल सरकारले विदेशमा कमाएको पैसा बैक मार्फत जम्मा गर्ने निर्णय गरेको छ । एक हिसावले यो नयाँ व्यवस्थाले कामदारको पैसा एकमुष्ट आउने र कुनै दलाललाई खुवाउनु नपर्ने हुन्छ । कुन देशमा बैकिङ सेवा कस्तो छ । प्रक्रिया के छ । त्यो भने बुझ्नै पर्ने हुन्छ । जसरी नेपालीले आफ्नो देशमा पैसा पठाईरहेका थिए, त्यो भन्दा झनझट र बढि मुल्य तिर्नु प¥यो भने त्यो सरकारको नियमले विदेशमा श्रम गरेर पैसा कमाउने नेपालीहरुका लागि कुनै औचित्य हुदैन । यति बेला कोरियामा काम गर्ने नेपालीहरु इस्तै अप्ठारोमा परेका छन् । अनिवार्य बैकिङ सेवा लिनुपर्ने सुचना प्रकासित गरेर नियम लागू गर्नुभन्दा पहिले एक पटक सोच्नुपर्छ कि कोरियामा बैंकिङ च्यानलबाट पैसा पठाउन कति अप्ठ्यारो छ भन्ने कुरा । यहाँ बैंकिङ माध्यमबाट पैसा पठाउन त्यति सजिलो छैन । एक त यहाँ नेपालका एक/दुईवटा मात्र बैंकले समन्वय गरेर पैसा पठाउँछन् भने अर्काे कुरा बैंक मार्फत पैसा पठाउँदा हुण्डीको दर भन्दा नेपाली रुपैयाँ ५ देखि ७ हजार सम्म बढि पैसा लाग्छ । सरदर नेपालीले २ लाखको हाराहारी बचत गर्छन यसबाट अनुमान लगाउन सकिन्छ कि मासिक २७ हजार बराबर सोझै पीडित छौ हामी । यो पैसाले हाम्रो कति समस्या समाधान हुनसक्छ । कोरियाको बैकिङ सेवाबारे बुझेर मात्र कोरियामा बस्ने नेपालीहरुको लागि यो नियम लागु गरोस भन्ने हाम्रो आग्रह हो । आफ्नो मुलुममा भएको चुहावट सरकारले नखेख्ने । विदेशमा रगत पसिना बगाएर कमाएको सम्पतिमा सरकारले ¥याल चुहाउन मिल्दैन । चुडामणि जस्ता हजारौं भ्रष्टाचारिलाइ कार्वाही गरेर पैसा असुल गर्न छाडेर विपन्न नेपालीले कमाएको सम्पति माथि सरकारको गिद्धदृष्टी जाहेज हुन सक्दैन । अन्य देशहरुमा पनि बैकिङ कारोवारमा यस्तै समस्या होला । सम्बन्धित देशमा खटेका राजदुतहरुले बुझेर विदेशमा बस्ने नेपालीहरुको पीडाबारे सुनुवाई गर्नु पर्दछ । उनीहरुको कमाईको उनीहरुको अधिकार हुन्छ । जुन बाटो सस्तो पर्छ तेहि रोज्न पाउनु पनि पर्छ । किन उनीहरु जस्तो धुलो, धुवा,माटो र पानीसँग रगत साटर पैसा कमाएका छन् । त्यसमा राज्यले ¥याल काढ्न मिल्दैन । करोडौंको सामान लाखमा एलसी खोलेर २/४ हजार कमिसनको भरमा सामान भन्सार पार हुन्छ, त्यतातिर आँखा गएको छैन । विदेशमा पसिना बेच्नेहरुको सम्पतिमा गिद्धेदृष्टी किमार्थ राम्रो होईन । विदेशमा १२ देखि १६ घण्टासम्म रगत र पसिना बगाएर कमाउने कामदारलाई जसरी कम पैसामा नेपाल पैसा पठाउन सकिन्छ त्यो उपाय खोज्ने गर्दछन् । यदि बैंकिङ च्यानलबाट नै पैसा पठाउनु पर्ने हो भने बैंकलाई सुलभ सरल र सहज बनाउनु पर्छ । अनि सरकारले हुण्डीको दरमा बैंक मार्फत पैसा पठाउन सकिने व्यवस्था गर्नु पर्दछ । विदेशमा बस्ने नेपालीहरुको लागि हुन्डी रहर होइन बाध्यता हो सरकार । ‘खाए खाँ नखाए घिच’ नपार्रौ । आमचोक १, भोजपुर हाल कोरिया