२० बर्षपछि आफ्नो क्षेत्रका लागि आफै प्रतिनिधी चुन्न पाएकोमा आम नेपाली जनता निकै खुशी देखिए । बिहान ७ बजेदेखि घाम र पानीको समेत प्रवाहा नगरि जनताले मतदान गरेका छन् ।

आम नागरिकसँगै नेपाली चलचित्र र सांगीतिक क्षेत्रका कलाकारले पनि मतदानमा उत्साहजनक रुपमा सहभागीता जनाए । कलाकारहरुले आ-आफ्नो मतदान स्थलबाट मतदान गरेको जानकारी दिए ।

अब, आफूहरुले चुनेका जन-प्रतिनिधीले जनताको हितका लागि काम गरुन् भन्ने उनीहरुको चाहना थियो । नायिका रेखा थापाले बिहान १० बजे नै मतदान गरिन् । यस्तै, नायक राजेश हमाल, नायिका प्रियंका कार्की, केकी अधिकारीदेखि गायक राजेशपायल राइले मतदान गरे ।

यस्तै, कलाकार दीपकराज गिरीले चन्द्रागिरीबाट, नायक आर्यन सिग्देलले थानकोटबाट मतदान गरे । नायिका सुरविना कार्कीले सिन्धुली माडी पुगेर मतदान गरिन् । यस्तै, कलाकार हरिवंश आचार्यले पनि मतदानमा सहभागीता जनाए । स्थानिय प्रतिनिधीहरुले जनताको चाहना अनुसार काम नगरे अब जनताले माफी नदिने कलाकारहरुको भनाई थियो ।

मतदानपछि प्रियंकाको आग्रह-‘केही हुँदैन भनेर मौन नबसौ, भोट हालौ’ काठमाण्डौमा मतदान गर्न नपाएपछि करिश्माले पोखिन् श्रीमानसँग आक्रोश मतदान गरेपछि रेखाले भनिन्-‘अब जनताले माफी दिदैनन्’ मतदान गर्दै हमालले भने-‘सरकार तपाई हाम्रै हातमा छ’ केकी भन्छिन्-‘जित्ने उम्मेदवारलाई बारम्बार खबरदारी गरिरहनेछु’