फेसन डिजाइनर तथा मोडल नम्रता योगी अब नायिकाका रुपमा पनि देखिँदैछिन् । विभिन्न बिज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गर्दैै आएकी नम्रता चलचित्र क्षेत्रमा प्रवेश भएकी छन् । उनले तीनवटा चलचित्रमा अभिनय गरेकी छन् । जुन अब रिलिजको तयारीमा छन् । नवनायिका नम्रतासँग दैनिक नेपालको अन्तरंग कुराकानी : के मा ब्यस्त हुनुहुन्छ ? हिजो–आज विज्ञापनको अभिनयमा व्यस्त छु । तपाईं त फेसन डिजाइनर कसरी अभिनय र चलचित्र क्षेत्रमा आउनुभयो ? काम गर्दै जाँदा अभिनय र फेसन डिजाइनको क्षेत्र एक अर्कासंग सम्बन्धित भएर होला । अहिलेसम्म कतिवटा चलचित्रमा अभिनय गर्नुभएको छ ? तीनवटा चलचित्रमा अभिनय गरेकी छु । तीनवटै चलचित्र रिलिज भइसकेको अवस्था छैन, तयारीमा छन् । कुन–कुन चलचित्र हुन् ? नशा, प्रेम दिवस र निरसी । तीनमध्ये कुन चलचित्र हिट होला जस्तौ लाग्छ तपाईंलाई ? त्यो मैले भनेर हुँदैन । दर्शकले पछि आफै भन्ने कुरा हो । बिहे गर्ने उमेर पनि भइसक्यो, घरबाट बिहे गर्ने दबाव आउँदैन ? आउँछ, तर अहिले नै विहे गर्ने मुडमा छैन । ब्वाइफ्रेण्ड त होलान नि ? हे, हे, नढाँटी भन्नुपर्दा डेढ बर्ष अघिसम्म म प्रेममा थिएँ । अहिले भने छैन । ‘ब्रेकअप’ भइसक्यो । त्यसो भए, सेक्स अनुभव लिइसक्नुभएको होला है ? छैन्, त्यस्तो । कुन विवाह गर्ने इच्छा छ, मागी विवाह वा प्रेम विवाह ? हेरौं, समय परिस्थितिले कता डोर्याउँछ । अहिले नै भन्न सकिँदैन । तपाईंलाई मन पर्ने एक नायक र एक नायिकाको नाम लिनुपर्दा कसको नाम लिनुहुन्छ ? नायक अर्पण थापा र नायिका नम्रता श्रेष्ठ । आफ्नै नामसँग मिल्ने भएर हो कि ? हेहेहे.. होइन् त्यस्तो । उहाँ मलाई मन पर्नु हुन्छ । अरु पनि छन् । तपाईं कथाले मागेअनुसारको अभिनय गर्न सक्नुहुन्छ ? सक्छु । त्यसो भए कथाले मागेको खण्डमा के के गर्न तयार हुनुहुन्छ ? सबै सिनका लागि तयार छु, तर, भल्गर लाग्ने किसिमको भने दिँदैन । तपाईंलाई मन पर्ने मौसम कुन हो ? मलाई गर्मी मन पर्छ । अनि पहिरन चाँहि ? गर्मी मौसममा प्राय छोटो पहिरन लगाउनुपर्ने हुन्छ । त्यसैले मलाई छोटो पहिरन मन पर्छ । दैनिक नेपालका अंकुश कुँवरसँगको कुराकानी