महिनौं पहिले निर्माण घोषणा गरिएको फिल्म 'ग्याङ्गस्टार ब्लूज' अन्ततस् फ्लोरमा गएको छ । हेमराज बिसीको 'एक्शन कट' सँगै पश्चिम नेपालको नेपालगंजबाट फिल्मको छायाँकन सुरु भएको हो ।

बाँकेको नेपालगंज, मुगुको रारा ताल र खप्तडमा फिल्म खिचिनेछ । निर्माता सरोज न्यौपानेले ५० दिनको छायाँकन सेड्युअल लिएर आफुहरु फ्लोरमा गएको बताए ।

फिल्मांकन सुरु हुनु एक हप्ता पहिले नै निर्माता, निर्देशक, प्राविधक तथा कलाकारहरुको टोली नेपालगंज पुगेको थियो । छायाँकन स्थल, त्यहाँको रहनसहन बुझेपछि अन्ततस् सोमबारबाट फिल्मको छायाँकन सुरु गरिएको न्यौपानेले बताए ।

मनिष पण्डित कार्यकारी निर्माता रहेको फिल्ममा 'जेरी' डेब्यू गर्ल आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरी र रोजिशा शाहि ठकुरी लिड अभिनयमा हुनेछन् ।

छायाँकन पुर्व नै एक प्रकारको हाईप बनाएको फिल्मलाई आशाको नजरमा हेरिएको छ । त्यसो त यो फिल्मबाट डेब्यू गर्दै गरेका अभिनेता आशिरमानलाई उदयिमान स्टारको उपमा फिल्मकर्मीहरुले दिईसकेका छन् । फिल्मलाई अर्को बर्षको भदौमा रिलिज गर्ने निर्णय निर्माण टिमले गरिसकेको छ ।

[embed]https://www.youtube.com/watch?time_continue=213&v=VmLGMWqKBtg[/embed]