inaruwaइनरुवा/आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि इनरुवा नगरपालिकाको २३ औं नगरपरिषद्बाट पारित १६ करोड बराबरको बजेट सार्वजनिक गरिएको छ ।नपाका कार्यकारी अधिकृत रामचरित्र मेहताले नगरको समुचित विकासका लागि आगामी आवका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मेहताले आगामी आवका लागि १६ करोड १ लाख ९ हजार बराबरको बजेटसहित नीति तथा कार्यक्रम समेत सार्वजनिक हुन् । जुन अघिल्लो वर्षको तुलनामा ३५ दशमलव ९५ प्रतिशत बढी हो ।नगरपालिकाले कूल बजेटमध्ये आन्तरिक आम्दानीतर्पm २ करोड ९९ लाख ७५ हजार र बाह्य स्रोततर्पm १३ करोड १ लाख ३४ हजार छुट्याएको छ । यसैगरी चालू खर्च ७ करोड ७८ लाख र सामाजिक सुरक्षा अनुदानसहित ८ करोड ९३ लाख २९ हजार छुट्याएको छ ।नपा कार्यालयले आगामी आर्थिक वर्षमा तीनवटा योजनालाई गौरवशाली योजनाको रुपमा अगाडि बढाउने जनाएको छ ।

खेलकुद मैदानमा कभर्ड हल निर्माण, सभा हल निर्माण र बसपार्क व्यवस्थापन लगायतका योजनालाई गौरवशाली योजनाको रुपमा सञ्चालन गर्न लागिएको कार्यकारी अधिकृत मेहताले कार्यक्रममा जानकारी गराए ।नपाले आगामी आवमा सबैभन्दा ठूला पूर्वाधारका रुपमा इनरुवा–३ मा सभा हल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी गौरवशाली योजनाका रुपमा खेलमैदानमा कभर्ड हल निर्माणका लागि ५० लाख, बसपार्क व्यवस्थापनका लागि ५० लाख, फोहोरमैला व्यवस्थापन पूर्वाधार निर्माण तथा खानेपानी सुधार व्यवस्थापनका लागि ५० लाख र सरस्वती टोल र सेन्टमेरिज स्कूल जाने बाटोको आरसीसी ढलानका लागि ५० लाख गरी २ करोड रुपैयाँमा गौरवशाली योजना सञ्चालन गर्ने बजेट सार्वजनिक गरेको छ ।

यसैगरी इनरुवा नगरलाई सफा, हरियो र उज्यालो नगर बनाउनका लागि समेत इनरुवा नपाले आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । यस्तै नगरलाई स्वच्छ, सुन्दर, हराभरा बनाउनका लागि समेत नगरपालिकाले विशेष जोड दिइने कार्यकारी अधिकृत मेहताले कार्यक्रमा जानकारी गराए । बजेट सार्वजनीकीकरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भौतिक निर्माण तथा यातायात राज्यमन्त्री सीताराम मेहताले गरेका थिए ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री मेहताले आपूm पनि यहीं जन्मे हुर्केको बताउँदै इनरुवा सुनसरीको पुरानो नगरपालिका भएपनि विकासको हिसाबले पछाडि पर्दै गएको अवस्थामा प्रस्तुत बजेटले नगरको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।राज्यमन्त्री मेहताले विकास निर्माण कार्यका सुनसरीका अन्य नगरपालिका भन्दा इनरुवा लामो समय अघिदेखि पछि पर्दै आएपनि केही वर्षयता विकास निर्माणमा फड्को मार्न थालेको भन्दै प्रशंसा व्यक्त गरेका थिए ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल, स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले, सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेल, सीमा सुरक्षा तथा सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख रमेश सुवेदी, नेकपा माओवादी केन्द्र सुनसरीकी इञ्चार्ज रामकुमारी चौधरी, नेकपा एमाले सुनसरीका सहसचिव पर्शुराम यादव, इनरुवा नगरपालिकाका पूर्व मेयर खेमराज पोखरेल लगायत उपस्थित थिए । कार्यक्रम कार्यकारी अधिकृत मेहताको अध्यक्षतामा भएको थियो भने सञ्चालन कार्यालयका शाखा प्रमुख मनोज खड्काले गरेका थिए ।