taramanसङ्खुवासभा/ स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा फरक–फरक शीर्षकमा र विकास निर्माणका कार्यमा संसद विकास कोष र क्षेत्र विकास कोषबाट रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।बरुण बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवमा बोल्दै उनले महिला छात्रावास निर्माणका लागि १० लाख रुपैयाँ यसै आर्थिक वर्षमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

क्याम्पसमा छात्रावास नभएका कारण महिला विद्यार्थीलाई असहज हुँदै आएको छ ।स्वास्थ्य राज्यमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आएका गुरुङको स्वागतमा जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसंस्था, गाविस, जिविसका प्रमुख तथा कर्मचारी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी लगायतले स्वागत कार्यक्रम राखेका थिए ।यसैक्रममा नेपाली काङ्ग्रेस सङ्खुवासभाले बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा उनले आप्mनो जिल्ला सडक र स्वास्थ्यको क्षेत्रमा पछाडि परेकाले अब यस क्षेत्रका लागि डटेर लागिपर्ने बताए ।

यस्तै सामुदायिक रेडियो खाँदबारी एफएमको नवौं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले रेडियोको निर्माणाधीन भवनका लागि अपुग रकम थप १५ लाख दिने घोषणा गरेका छन् भने गत आर्थिक वर्षमा उक्त भवनको लागि संसद विकास कोषबाट २० लाख रुपैयाँ उपलब्ध गराइसकेका छन् ।यसैबीच राज्यमन्त्री गुरुङले वाना उच्च माविको भौतिक सुधारका लागि ५ लाख उपलब्ध गराउने बताएका छन् । मन्त्री गुरुङले पत्रकार महासङ्घको भवन निर्माणका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने र अन्य सहयोगका लागि सम्बन्धित निकायहरुमा पहल गर्ने बताएका छन् ।

यस्तै निर्माणाधीन तमु गुरुङहरुको भवन निर्माणका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । बिहीबार तमु गुरुङ समाजले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै गुरुङले उक्त रकम घोषणा गरेका हुन् । यसैबीच उनले भोटिया आमा समूहको भवन निर्माणका लागि १० लाख तथा कृष्ण प्रणामी बहुउद्देश्यीय सत्सङ भवन निर्माणका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।