bpविजयपुर/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर डाक्टरहरु उपकुलपति हुने दौडका लागि बिदा बसेका छन् । पुस १९ गतेदेखि प्रतिष्ठानमा उपकुलपतिको पद खाली भएको छ । उपकुलपति हुने लाइनमा अहिले प्रतिष्ठानका सिनियर डाक्टरहरु कुदिरहेका छन् ।

उनीहरु आपूmलाई उपकुलपति बनाउन स्वास्थ्य मन्त्री गगन थापा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म लबिङ गरिरहेका छन् । प्रतिष्ठानको मेडिसिन विभागका प्रा. डा. प्रह्लाद कार्की, रेडियोलोजी विभागका प्रा. डा.राजकुमार रौनियार, सर्जरी विभागका प्रा. डा. चन्द्रशेखर अग्रवाल (सीएस), नाक, काँन, घाँटी विभागकी प्रा. डा. सङ्गीता भण्डारी र कम्युनिटी मेडिसिन विभागका प्रा. डा. पारस पोखरेल अहिले उपकुलपति दौडमा लागेका हुन् । उनीहरु प्रतिष्ठानबाट बिदानै स्वीकृत गराएर मन्त्री, प्रधानमन्त्री र नेताहरुको पछि लागेका छन् ।प्रतिष्ठान स्रोतले दिएको जानकारीअनुसार उपकुलपति हुन आकाङ्क्षी डाक्टरहरुले विभिन्न शीर्षकमा बिदा लिएका छन् ।

प्रतिष्ठानका जिम्मेवार र विज्ञ डाक्टरहरु यसरी बिदामा बस्दा बिरामी र विद्यार्थीलाई भने असर पुगेको छ ।मेडिसिन विभागका प्रा. डा. प्रह्लाद कार्कीले आपूm बिरामी बिदामा बसेको बताए । उनले भने, ‘म उपकुलपति हुने लाइनमा लागेको छैन, त्यसै हल्ला गरेका होलान् ।’ उपकुलपति नियुक्त गर्न समिति बनेपछि मात्र यस बारेमा जानकारी हुने भन्दै उनले आपूm पनि आकाङ्क्षी रहेको कुरालाई सङ्केत गरे । ‘सिनियर भएका कारण पहिलेपनि मेरो नाममा चर्चामा ल्याएका थिए, त्यही भएर अहिले पनि चर्चा भएको हो’, उनले भने ।सर्जरी विभागका प्रा. डा. सीएस अग्रवालले पनि आप्mनो परीक्षाका लागि बिदा लिएर काठमाडौं गएको बताए । काम सिध्याएर भोलि (शनिबार) धरान फर्कने उनले बताए । उपकुलपति बन्न हिँडेको भन्ने कुरालाई उनले सहजै अस्वीकार गर्न सकेनन् । ‘उपकुलपति को बन्छ भन्ने अहिले नै कहाँ थाहा हुन्छ ?’ उनले भने ।

प्रा. डा. राजकुमार रौनियार र सङ्गीता भण्डारीसँग भने सम्पर्क हुन सकेन । उपकुलपतिकै लाइनमा रहेका डा. पारस पोखरेल भने अहिले बिदा लिएर अष्ट्रेलिया पुगेका छन् । स्रोतले दिएको जानकारी अनुसार डा. पोखरेलले अष्ट्रेलियाबाटै आप्mनो लबिङ गरिरहेका छन् । उनले प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालसँगमार्पmत् ‘सेटिङ’ मिलाइरहेको स्रोतले बताएको छ । प्रतिष्ठानमा पुनः उपकुलपति हुने दाउमा रहेका प्रा. डा. बीपी दासले पनि आप्mनो भेटघाट र निकटतम्हरु मार्पmत् गोप्यरुपमा ‘सेटिङ’ मिलाइरहेका छन् ।प्रतिष्ठानको उपकुलपति नियुक्ति स्वास्थ्यमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले गर्ने प्रतिष्ठानको नियमावलीमा व्यवस्था छ । सहकुलपति (स्वास्थ्य मन्त्री) ले उपकुलपतिका लागि तीनजनाको नाम कुलपतिसमक्ष प्रस्ताव गर्नुपर्ने हुन्छ । उपकुलपति छनौटका लागि स्वास्थ्य मन्त्रीले आप्mनो संयोजकत्वमा छनौट समिति पनि बनाउने गरिएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाको निर्देशनमा स्वास्थ्य मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्न ‘कार्ययोजनासहित दरखास्त’ आह्वान भइसकेको छ । धरानस्थित बीपी प्रतिष्ठानको विषयमा भने मन्त्रालयले उपकुलपति नियुक्त गर्न औपचारिक प्रक्रिया थालेको छैन । समयमै उपकुलपति नियुक्त नहँुदा यो वर्ष हुने दीक्षान्त समारोह प्रभावित हुने भएको छ । समयमै उपकुलपति नियुक्त नहँुदा कर्मचारीको सरुवा तथा बढुवा, कार्यसमितिको बैठक तथा खरिद बिक्रीसम्बन्धी सम्पूर्ण कार्य रोकिने प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले बताए ।